मंगलवार, भाद्र ९,२०८३ 01:40:35
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 01:40:35
Bizshala
Global IME Bank Limited

समावेशी बन्दै मिस युनिभर्स नेपाल, टप २५ को स्यास सेरेमोनी सम्पन्न

समावेशी बन्दै मिस युनिभर्स नेपाल, टप २५ को स्यास सेरेमोनी सम्पन्न
New Office

काठमाण्डौ। मिस यूनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतवार हिल्टन काठमाण्डौमा शीर्ष २५ प्रतियोगीहरुको स्यास सेरेमोनी सफलतापूर्वक सम्पन्न गरेको छ। प्रारम्भिक राउण्डबाट छनोट भएका ६० प्रतियोगीहरूमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्किले सास वितरण गरेका हुन्।

यसपाली कोमिस युनिभर्स नेपाल २०२४ मा बोल्न र सुन्न नसक्ने प्रतियोगी सुजल बमको पनि सहभागीता रहेको छ। त्यस्तै ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय नेपाली महिला र डाक्टर, इन्जिनियर र पाइलटलगायत विभिन्न पेशाका महिलाहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको थियो। कार्यक्रममा प्रतियोगी सम्पदा घिमिरेलाई नम्बर १, छोतेन फुन्ट्सोलाई नम्बर २, श्रीयङ्का थापालाई ३, अनुष्का वस्तीलाई ४, सुजल बमलाई ५, नेहा चौधरीलाई ६, मनिषा परियारलाई ७, स्मृति सिंहलाई ८, एलिना गुरुङलाई ९, रेनाता कट्टेललाई १०, तुलसा नेपाललाई ११, नियुक्ती अर्जाललाई १२, ऋतिषा मानन्धरलाई १३ नम्बरको स्यास वितरण गरिएको छ। 

Bizshala
CG Motors

त्यसैगरी पूजा बाँस्तोलालाई १४, खुसी दत्तराजलाई १५, आयुषा कार्कीलाई १६, अस्मि ढकाललाई १७, शिवानी कर्णलाई १८, गजल कर्णलाई १९, करेन मुर्रेलाई २०, संयुक्ता मल्ललाई २१,अक्षिता चेट्टीलाई २२, नितु पुनलाई २३, ताशी गुरुङलाई २४, समृद्धि केसीलाई २५ स्यास वितरण गरिएको छ। कार्यक्रमकी प्रमुख अथिति निना उपाध्यायले कार्यक्रममा मिस युनिभर्सका सबै प्रतियोगीलाई कार्यक्रममा सहभागिता जनाएकोमा धन्यवाद व्यक्त गर्दै आफूले १३ वर्षको हुँदा महिला सशक्तिकरणको कुरा गर्दा जेल जानुपरेको प्रसँगलाई जोडिन्।

यी शीर्ष २५ प्रतिस्पर्धीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिस लगायत अन्य राष्ट्रिय प्रशिक्षकहरुले व्यक्तित्व विकास, वाक–कला, पब्लिक स्पिकिंग, वित्तीय व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाउने छन्। मिस यूनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ। विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने मिस यूनिभर्स २०२४ को लागि १०० देशका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X