बिहीबार, माघ २२,२०८२ 05:16:44
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 05:16:44
Bizshala
Global IME Bank Limited
Bizshala

अब प्रयोगकर्ताले युट्युबमा छानेको समयमा भिडियो आफैं रोकिने

अब  प्रयोगकर्ताले युट्युबमा छानेको समयमा भिडियो आफैं रोकिने
Shivam Cement

काठमाण्डौ। भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले एक नयाँ फिचरमा काम गरिरहेको छ। जसको नाम हो स्लीप टाइमर। हाल युट्युबका बीटा प्रयोगकर्ताका लागि परीक्षणका रुपमा उपलब्ध गराइएको यो फिचरले युट्युबमा चलिरहेको भिडियोलाई पूर्वनिर्धारित समयमा आफैं बन्द गराउँछ।

समाचार अनुसार युट्युबको स्लीप टाइमर फिचर सुरुमा प्रिमियम प्रयोगकर्ताका लागि लञ्च गरिनेछ। यो फिचरमा एआईको प्रयोग हुनेछ।युट्युबले एउटा अर्को फिचरमा पनि काम गरिरहेको छ।

Bizshala
Garima Development Bank
New Office

जसबाट युट्युबका सामग्री सर्जकहरुले एआई प्लाटफर्म जेमिनीबाट भिडियो आउटलाइन तयार पार्न सक्नेछन्। यसका साथै जेमिनीको सहयोगबाट युट्युब भिडियोको विषयवस्तुको बारेमा अवधारणा र थम्बनेलका लागि समेत सुझाव प्राप्त गर्न सकिनेछ।

युट्युबले नयाँ स्लीप टाइमर फिचरका बारेमा औपचारिक रुपमा जानकारी गराएको छ। जसमा भनिएको छः अब तपाइँले कुनै भिडियोको प्ले ब्याक समय (अर्थात् भिडियो कतिबेर सम्म चलाउने) भन्ने कुरा आफै निर्धारण गर्न सक्नुहुन्छ।  

त्यसपछि तपाइँले तय गरेको समयसीमा सकिएसँगै युट्युबको उक्त भिडियो आफै रोकिनेछ। यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले एक सेटिंग गर्नुपर्ने हुन्छ। त्यसको लागि स्मार्टफोन वा वेब भर्सनमा सेटिंग्स मेन्यूमा गएर भिडियो इन्टरफेस आइकनमा ट्याप गरी समय निर्धारण गर्न सकिन्छ। त्यहाँ स्लीप टाइमरका लागि १०, १५, २०, ३०, ४५ र ६० मिनेटको समयको विकल्प उपलब्ध हुन्छ।-एजेन्सी

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.