बिहीबार, कार्तिक ८,२०८१ 12:07:48
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:07:48
IME remit
Global IME Bank Limited

आमाको सुन चोरेर गर्लफ्रेन्डलाई आईफोन १५ गिफ्ट

Hyundai Nepal
आमाको सुन चोरेर गर्लफ्रेन्डलाई आईफोन १५ गिफ्ट
Nabil Bank Limited

काठमाण्डौ। भारतमा गर्लफ्रेन्डलाई जन्मदिनको अवसरमा आईफोन १५ उपहार दिन एक किशोरले आमाको सुन बेचेको घटना बाहिरिएको छ। दिल्लीको नजफर्गाह भन्ने ठाउँमा यस्तो घटना भएको हो। दिल्ली प्रहरीका अनुसार किशोरले आफ्नी प्रेमिकाको जन्मदिनमा आईफोन १५ उपहार दिन र पार्टीको बन्दोबस्त गर्न आमाको सुन चोरेका थिए। किशोरकी आमाले सुन हराएपछि स्थानीय प्रहरीमा उजुरी दिएकी थिइन्।

सुनको सिक्री, मुन्द्रा लगायतका गहना हराएपछि उनले नजिकैको प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्। पछि अनुसन्धान गर्दै जाँदा उक्त सुन दुई ओटा सुनचाँदी पसलमा भेटिएको प्रहरीले जनाएको छ। २ अगस्टको बिहान ८ बजेदेखि तीन बजेको बीचमा सुन हराएको ती महिलाले प्रहरीलाई बताएकी थिइन्। हिन्दुस्तान टाइम्सका अनुसार ३ अगस्टमा महिलाले उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको थियो।

Bizshala
Shivam Cement
CG Motors

विभिन्न स्थानमा भएका सीसीटिभी फुटेज हेर्दा पनि घरमा कोही आवतजावत गरेको देखिएको थिएन। पछि घरकै कुनै व्यक्तिले चोरेको हुन सक्ने आशङ्का प्रहरीले गर्‍यो। 

त्यही क्रममा किशोरले सुन चोरेर बिक्री गरेको पत्ता लागेको हो। सो घटनापछि किशोर घरबाट गायब छन्। पछि प्रहरीले किशोरसँगै पढ्ने कक्षाका साथीहरूलाई उनको बारेमा सोधेको थियो।

त्यही क्रममा किशोरले प्रेमिकालाई ५० हजार भारु बराबरको नयाँ आईफोन खरिद गर्न सुन चोरेर बेचेको कुरा खुलेको हो। प्रहरीले किशोरलाई फेला पार्नका लागि जति ठाउँमा छापा हान्‍यो, सबै ठाउँबाट प्रहरी पुग्नु अगावै उनी फरार हुने गरेको प्रहरीले हिन्दुस्तान टाइम्सलाई जनाएको छ।

किशोरले कक्षाका साथीहरूलाई आफू प्रेम सम्बन्धमा रहेको कुरा बताएकाले यस घटनाको राज खुलेको हो। किशोरले पहिले आमालाई प्रेमिकाको जन्मदिनमा राम्रो प्रभाव पार्नका लागि पैसा चाहिने माग राखेका थिए। तर, आमाले दिन नसक्ने बताएपछि उनले चोरी गर्ने योजना बनाएका थिए।

प्रहरीले किशोरले खरिद गरेको सो फोन उनकी प्रेमिकाको साथबाट बरामद गरेको छ। प्रहरीका अनुसार किशोरका बुबा केही वर्षअघि बिरामी भएर बितेका थिए। किशोर निजी विद्यालयमा पढ्दै आएका थिए भने कक्षामा औसत विद्यार्थी थिए। -एजेन्सी

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.