काठमाण्डौ। समृद्धि फाईनान्सले आज (सोमबार) संस्थाको बनेपा शाखामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा विभिन्न फलफुल तथा फुलका बोट लगाई सम्पन्न गरिएको हो।
श्रावण पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखामा सम्पन्न भैसकेको बताइएको छ। श्रावण महिनाभित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ, भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ।