मंगलवार, भाद्र ९,२०८३ 01:43:15
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 01:43:15
Bizshala
Global IME Bank Limited

नेपाली बजारमा अनर एक्स६बी सार्वजनिक, के के छन् विशेषा, मूल्य कति पर्छ ?

नेपाली बजारमा अनर एक्स६बी सार्वजनिक, के के छन् विशेषा, मूल्य कति पर्छ ?
New Office

काठमाण्डौ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर एक्स६बी नेपालमा भित्र्याएको छ। कम्पनीले १२ अगस्टदेखि अनर एक्स६बी नेपाली बजारमा सार्वजनिक गरेको हो।

‘अख्खा ब्याट्री, अख्खा फिचर्स’ ट्यागलाइन रहेको यो फोनको ब्याट्री लामो समय टिक्ने दाबी कम्पनीको छ। स्टोरेज क्षमता बढी हुनुका साथै उन्नत एआई क्यामेरा यस फोनको अर्को विशेषता रहेको छ।

Bizshala
CG Motors

एकल चार्जमा दुई दिनसम्म टिक्ने अनर एक्स६बीमा मिडिया टेक हेलिओ जी८५ फिचर रहेको छ। ५२०० एमएच ब्याट्री रहेको यस फोनमा १० प्रतिशत ब्याट्री बाँकी रहँदा पनि १९ घण्टाभन्दा बढी चलाउन सकिने कम्पनीको दाबी छ।

 ३५डब्ल्यू अनर सुपरचार्ज प्रविधि रहेको फोनमा टर्बो चार्जिङ मोड रहेको छ भने १० मिनेटमा २० प्रतिशत चार्ज गर्न सकिन्छ। १ हजार चार्ज साइकल पछि पनि ब्याट्रीले चार वर्षको भरपर्दो सेवा बराबर आफ्नो क्षमताको ८० प्रतिशत कायम राख्ने कम्पनीको भनाइ छ।

अनर एक्स६बीमा ६ देखि १२ जीबीसम्म बढाउन मिल्ने र्‍याम  र १२८ जीबी स्टोरेज क्षमता रहेको छ। ५० मेगापिक्सेलको एआई अल्ट्रा–क्लियर क्यामेरा (अगाडि ५ मेगापिक्सेल क्यामेरा) रहेका कारण उत्कृष्ट तस्वीर एवम् भिडियोहरू खिच्ने क्षमता यो फोनमा छ। ९० हर्ज उच्च रिफ्रेस दरको उत्कृष्ट ६.५६ इन्च क्लियर डिस्प्ले रहेको छ भने सनलाइट मोडमा ७८० निट्ससम्मको उच्च ब्राइटनेस रहेको छ ।

मूल्य कति पर्छ ?

कम्पनीका अनुसार अनर एक्स६बी स्टेरी पर्पल, मिडनाइट ब्ल्याक र फरेस्ट ग्रीन कलरमा उपलब्ध छन्। कम्पनीले ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X