आईतवार, बैशाख ७,२०८२ 01:57:56
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 01:57:56
IME remit
Global IME Bank Limited

निन्द्रा बिग्रिएको भन्दै टिकटक,फेसबुक लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर

Hyundai Nepal
निन्द्रा बिग्रिएको भन्दै टिकटक,फेसबुक लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर
Nabil Bank Limited

काठमाण्डौ। क्यानडामा २४ वर्षीय युवकले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका छन्। सीटीभी टेलिभिजन नेटवर्कका अनुसार सामाजिक सञ्जालका यी माध्यम अत्यधिक लत लगाउने किसिमको भएको आरोप लगाउँदै त्यहाँको स्थानीय अदालतमा मुद्दा दायर गरिएको हो। 

ती व्यक्तिका अनुसार यी सामाजिक सञ्जालका माध्यम अत्यधिक निन्द्रा बिग्रिएको र लत लगाउने किसिमको भएकाले रचनात्मक क्षमतामा ह्रास आएको छ। सन् २०१५ देखि निरन्तर सामाजिक सञ्जाल प्रयोग गर्दा  शारीरिक रूपमा पनि असर परेको उनको भनाइ छ।

Shivam Cement
Bizshala
CG Motors

यो मुद्दा अहिले मोन्टरियल सहरमा रहेको एक ‘ल फर्म’ ल्यामबर्ट एभोक्याट्सले व्यवस्थापन गरिरहेको छ। सो मुद्दामा सामाजिक सञ्जालका माध्यम प्रयोगकर्ताको मष्तिष्कलाई डोपामिन उत्पादन गर्न प्रेरित गर्ने गरेको आरोप लगाइएको छ। डोपामिन यस्तो रसायन हो, जसले हामीलाई आनन्द र खुसीको अनुभूति गराउँछ। जे कुराले डोपामिन उत्पादन गर्न प्रेरित गर्छ, हामीलाई त्यसैको लत लाग्छ।

सामाजिक सञ्जाल प्लेटफर्मले दैनिक कति प्रयोग गर्ने भन्ने सीमितता कायम गरिदिएको भए पनि त्यसको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पारेको उनको आरोप छ। खासगरी सामाजिक सञ्जालको अत्यधिक प्रयोगले निन्द्रा बिग्रिएको र व्यक्तिलाई रचनात्मक क्षमतामा ह्रास ल्याएको मुद्दामा उल्लेख छ।

उक्त मुद्दामा सामाजिक सञ्जालका प्लेटफर्मसँग क्षतिपूर्ति माग गर्नुका साथै कारबाही गर्न समेत अनुरोध गरिएको छ। प्लेटफर्मलाई प्रयोगकर्ता बढीभन्दा बढी समय त्यहाँ बिताउन भन्ने किसिमले डिजाइन गरिएकाले उनीहरू त्यसैमा निर्भर हुँदै गएको मुद्दामा उल्लेख छ। 

यद्यपि यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने निश्चित छैन। किनभने यसका लागि न्यायाधीशले प्रमाणीकरण गर्नुपर्छ। न्यायाधीशले यसलाई कसरी विश्लेषण गर्छन् भन्ने विषयले नै यो मुद्दालाई पार लगाउने बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय क्यानडामा सामाजिक सञ्जाल विरुद्ध मुद्दा हाल्ने प्रवृत्ति बढ्दो छ। 

विशेषगरी शिक्षा प्रणालीलाई नै सामाजिक सञ्जाल टिकटक, मेटा र स्न्यापच्याटले ध्वस्त बनाउँदै लगेको आरोप विद्यालयहरूबाट आउने गरेको छ। ती विद्यालयले सामाजिक सञ्जालबाट चार अर्ब ५० करोड डलर क्षतिपूर्ति माग गरेका छन्। -एजेन्सी

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.