बिहीबार, आश्विन ३,२०८१ 07:15:03
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:15:03
IME remit
Global IME Bank Limited

ह्रासकट्टी तथा ब्याज खर्च अत्यधिक वृद्धि भएसँगै अपर तामाकोशी हाईड्रो २.६८ अर्ब घाटामा

Hyundai Nepal
ह्रासकट्टी तथा ब्याज खर्च अत्यधिक वृद्धि भएसँगै अपर तामाकोशी हाईड्रो २.६८ अर्ब घाटामा
Nabil Bank Limited

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको वित्तीय अवस्था कमजोर देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको हो ।  

कम्पनी समीक्षा अवधिसम्म घाटाबाट बाहिर आउन सकेको छैन । कम्पनीले अघिल्लो आवको तुलनामा घाटा भने केही कम गरेको छ । अघिल्लो आवसम्म ४ अर्ब ९ करोड रुपैयाँ घाटामा रहेको कम्पनीले घाटा घटाएर २ अर्ब ६८ करोड रुपैयाँमा सीमित बनाएको छ । कम्पनीले आम्दानीमा पनि खासै वृद्धि गर्न सकेको छैन । कम्पनीले विद्युत बिक्रीमार्फत चौथो त्रैमाससम्ममा ८ अर्ब ७५ करोड रुपैयाँबराबर आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीको कमाएको ८ अर्ब १० करोडको तुलनामा ७.९३ प्रतिशतले मात्रै बढी हो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

कम्पनीले यो अवधिमा शासनिक खर्च भने घटाएको छ । अघिल्लो आवमा १ अर्ब १५ करोड रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको कम्पनीले गत आवसम्म भने ८१ करोड ५२ लाख खर्च गरेको छ ।  

यस्तै कम्पनीको रोयल्टी खर्च पनि घटेको छ । रोयल्टी खर्च ८.२२ प्रतिशतले घटेर १८ करोड १ लाख रुपैयाँमा सीमित बनेको छ । यो अवधिसम्म कम्पनीले ३ करोड ७ लाख रुपैयाँ वित्त आम्दानी गरेको छ ।  

विभिन्न कारणले कम्पनीको आयोजना निर्माण सम्पन्न अवधि बढ्न गई समग्र आयोजनाको लागत वृद्धि हुन गएकाले ह्रासकट्टी खर्च तथा ब्याज खर्च अत्यधिक वृद्धि भएको तर त्यसअनुरुप विद्युत बिक्रीबाट आम्दानी बढ्न सक्ने अवस्था नभएकाले गत आवसहित चालु आवमा समेत कम्पनीको नाफामा असर पर्ने अवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीको ह्रासकट्टी खर्च ३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यस्तै वित्त खर्च ६ अर्ब ६९ करोड रहेको छ ।  

कम्पनी अन्तर्गतको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट हाल पूर्ण रुपमा विद्युतको व्यापारितक उत्पादन भईरहेको छ ।  

कम्पनीको ऋण र स्वपूँजी अनुपातको सुधार गर्न दोस्रो चरणको निर्माण अन्तर्गतको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणको वित्तीय व्यवस्थापन र आयोजना निर्माणसम्बन्धी बाँकी रहेका भुक्तानीको लागि साविकका सेयरधनीहरुलाई १ः१ अनुपातमा हकप्रद सेयर जारी गरिएकाले कम्पनीको वित्तीय सूचकहरुमा केही सुधार हुने अपेक्षा कम्पनीले गरेको छ । हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्तापूँजी बढेर २१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।  

चौथो त्रैमाससम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ९१ करोड ३७ लाख रुपैयाँ छु्ट्टाएको छ भने कम्पनीको रिटेन्ड अर्निङ १० अर्ब ४ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.६९ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ५६.८८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४०५.६१ रुपैयाँ र तरलता अनुपात १.७४ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.