समृद्धि फाईनान्सले मधुवन शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम प्रहरी चौकी मधुवन सुनसरी परिसरमा विभिन्न फलफुलका २६ बोटरिुवा लगाई सम्पन्न गरेको हो।
साउनको पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, बनेपा, इटहरी र औरही शाखाबाट सम्पन्न भैसकेको समृद्धि फाईनान्सले जनाएको छ। साउन महिनाभित्र फाईनान्सका अन्य शाखाहरुबाट पनि कार्यक्रम सम्पन्न गर्ने तय भएको संस्थाले बताइएको छ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ।