काठमाण्डौ। उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख जरिवाना तिराएको छ। रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको बताइएको छ।
यस्तै आरएस वस्त्रालयलाई पनि १ लाख जरिवाना गरेको छ।
विभागले हिजो ६ वटा उद्योग तथा फर्म गरेको अनुगमनमा सौरभ प्राली, स्मार्ट ट्रेड कन्सन र कृष्ण पाउरोटी भण्डार प्रालीलाई सामान्य निर्देशन दिएको छ।
विएस ट्रिक्स प्रालीलाई कागजपत्रसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
यस्तै, ‘एक्वा त्रिदेव’ ब्रान्डमा उत्पादित जारको पानीमा ‘कोलिफर्म’ भेटिएपछि काठमाडौं महानगरपालिकाले पनि सम्बद्ध कम्पनीलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ।
जाम्बुलिङ्गा ग्रुप इन्डस्ट्रीले उत्पादन गरेको एक्वा त्रिदेव पानीमा फिकल कोलिफर्म भेटिएपछि महानगरले जरिबाना तिराउने निर्णय गरेको महानगरले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।