बुधबार, भाद्र १०,२०८३ 02:35:40
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 02:35:40
Bizshala
Global IME Bank Limited

सुन्दरी प्रतियोगितामा छोरीले नजितेको झोँकमा बाबुले हाने निर्णायकर्तालाई गोली

सुन्दरी प्रतियोगितामा छोरीले नजितेको झोँकमा बाबुले हाने निर्णायकर्तालाई गोली
New Office

काठमाण्डौ। आम रुपमा मानिसहरु आफ्ना सन्तानप्रति धेरै नै चासो राख्दछन् र आफ्ना बच्चाले हरेक क्षेत्रमा प्रगति गरोस् अनि सबैभन्दा अघि बढोस् भन्ने चाहन्छन्। पढाइ लेखाइ होस् वा खेलकुद, अनि अन्य काम कुरामै किन नहोस्, अभिभावकहरु आफ्नो सन्तानको प्रगतिका भोका हुन्छन्। सन्तानमाथि अभिभावकले अत्यधिक अपेक्षाको भारी बोकाउनु चाहिँ कहिलेकाहीँ प्रत्युत्पादक बन्न सक्दछ। 

हालै ब्राजिलमा एउटा यस्तै घटना भएको छ। गत जुलाई २८ मा उक्त घटना भएको हो। ब्राजिलको अल्टामिरामा एक सौन्दर्य प्रतियोगिताको आयोजना गरियो। उक्त प्रतियोगितामा विजेता युवतीहरुले पुरस्कार पनि पाए। तर प्रतियोगितामा चौथो स्थान प्राप्त गरेकी प्रतिस्पर्धी युवतीका बुवालाई भने नतिजा चित्त बुझेन। 

Bizshala
CG Motors

त्यसपछि उनले सौन्दर्य प्रतियोगिताका निर्णायकहरु तथा उनकीहरुले तय गरेको छनोटको मापदण्डमाथि प्रश्न उठाए । त्यसक्रममा विवाद चर्कियो। निजी सुरक्षा गार्ड तथा सैनिक पुलिस समेत खटिएको उक्त कार्यक्रममा प्रतिस्पर्धी युवतीका ती पिताले एकजना निर्णायक माथि गोली प्रहार गरे।

निर्णायकमाथि गोली हान्ने ती व्यक्तिलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीहरुले तत्कालै उनीमाथि जवाफी फायर गरे। सख्त घाइते भएका उनलाई तत्कालै अस्पताल लगियो। तर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो।

छोरीले सौन्दर्य प्रतियोगिता नजितेको झोँकमा निर्णायक मण्डलमाथि नै गोली प्रहार गर्ने कार्यका कारण आफ्नै ज्यान गुमाउन पुगेका ती व्यक्तिको नाम सेबास्टिआओ फ्रान्सिस्को रहेको जनाइएको छ।-एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.