बुधबार, माघ २३,२०८१ 11:53:36
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:53:37
IME remit
Global IME Bank Limited

सिवाईसी नेपाल लघुवित्तको आम्दानी बढेपनि नाफामा भने संकुचन, वितरणयोग्य मुनाफा २.९७ करोड

Hyundai Nepal
सिवाईसी नेपाल लघुवित्तको आम्दानी बढेपनि नाफामा भने संकुचन, वितरणयोग्य मुनाफा २.९७ करोड
Nabil Bank Limited

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेपनि नाफामा भने गिरावट आएको छ । गत आवको अन्त्यसम्म संस्थाको खुद नाफामा १८.४८ प्रतिशतको गिरावट आएको छ । संस्थाले गत आवको चौथौ त्रैमाससम्म ३ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ७७ लाख ७ हजार मात्रै खुद नाफा कमाएको थियो ।  

नाफा घटेता पनि संस्थाको खुद ब्याज आम्दानी भन बढेको छ । संस्थाले ३१ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २३.७२ प्रतिशतले धेरै हो । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशनबापत ८ करोड २५ लाख आर्जन गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

संस्थाको खुद सञ्चालन आम्दानी पनि ९.२२ प्रतिशतले बढेर ३७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यस्तै संस्थाको सञ्चालन मुनाफा ४ करोड ६४ लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म संस्थाको सञ्चालन खर्च बढेको छ । अघिल्लो आवको अन्त्यसम्म २७ करोड ९० लाख रहेको सञ्चालन खर्च १९.२४ प्रतिशतले बढेर ३३ करोड २७ लाख रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा २ करोड ९७ लाख रुपैयाँ रहेको छ ।    

संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ । अघिल्लो आवको अन्त्यसम्म ३२ करोड ४४ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेर ३२ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार आएको छ । अघिल्लो आवको अन्त्यसम्म २ अर्ब १५ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै कर्जा प्रवाह पनि ५ अर्ब १७ करोड रुपैयाँबाट बढेर ५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।  

इम्पेयरमेन्ट चार्जका लागि २ करोड २१ लाख रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात बढेको छ । संस्थाको खराब कर्जा अनुपात २.९८ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात २.९६ प्रतिशतमा सीमित थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १७.५४ रुपैयाँ रहेको ईपीएस घटेर १४.३० रुपैयाँमा सीमित बनेको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २२२.६९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४६२.३६ रुपैयाँ,मूल्य आम्दानी अनुपात १०८.३८ गुणा र तरलता अनुपात ११.१६ प्रतिशत कायम भएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.