बुधबार, भाद्र १०,२०८३ 02:37:23
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 02:37:23
Bizshala
Global IME Bank Limited

नेपालमा पहिलो पटक पायो ब्रिटिस कलेजले ‘ग्रिनिङ एजुकेशन पार्टनर’ को मान्यता

नेपालमा पहिलो पटक पायो ब्रिटिस कलेजले ‘ग्रिनिङ एजुकेशन पार्टनर’ को मान्यता
New Office

काठमाण्डौ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत ‘द ब्रिटिस कलेज’ ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ। 

कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रम अन्तर्गत ‘इनोभेट फर इम्प्याक्ट’ (आईएफआइ) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणामस्वरुप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) बाट यो मान्यता पाएको हो।

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)को दिगो विकासका लागि शिक्षा अन्तर्गत यस विश्वव्यापी साझेदारीले शिक्षाको माध्यमबाट जलवायु संकटलाई सम्बोधन गर्ने लक्ष्य राख्दै व्यक्तिगत र सामाजिक रूपान्तरण ल्याउनका लागि आवश्यक पाठ्यक्रमको परिवर्तन समर्थन गर्दछ।

Bizshala
CG Motors

हरित शिक्षा प्रवद्र्घनमा ब्रिटिस कलेजको प्रयास तथा दृढ संकल्पको आधारमा गरिएको मूल्याङ्कन प्रक्रिया पछि यस मान्यता प्रदान गरिएको हो। ब्रिटिस कलेज नेपालमा यो मान्यता प्राप्त गर्ने पहिलो विद्यालय भए सँगै आफूलाई वातावरणीय रूपमा सचेत शिक्षणमा अग्रगामीको रूपमा स्थापित गरेको छ।

यस मान्यतासँगै ब्रिटिस कलेजले युनेस्कोको बिभिन्न स्रोतहरु जस्तै, ज्ञान प्राप्त गर्ने, बिभिन्न कार्यक्रमहरुमा सहभागिता, परामर्श लगायतका अवसरहरुमा पहुँच प्राप्त गरेको बताइएको छ। 

त्यसैगरी कलेजलाई आफ्नो नेटवर्क विस्तार गर्न र संयुक्त राष्ट्र संघको अन्य एजेन्सीहरुसँग सम्बन्ध निर्माण गर्ने ढोका खुलेको कलेजले जनाएको छ।

कलेजको उपलब्धिपछि प्रक्रिया दिँदै बीबीए तथा आईएफआई परियोजनाका प्रमुख सुनिता बस्नेतले भने, “हाम्रो संस्थामा सस्टेनेबिलिटी र ग्रिन एजुकेशनबारे साझा दृष्टिकोण रहेको छ। 

त्यसैले यो उपलब्धि प्राप्त गर्नमा ब्रिटिस कलेजका सबै विभागका सहकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको छ। हामी यस महत्वपूर्ण उपलब्धिमा कृतज्ञ छौं। साथै, आगामी दिनमा पनि यस्तो कार्यलाई बढावा दिन हाम्रो कलेज सक्षम रहेको छ।”

ग्रिनिङ एजुकेशन पार्टनरको रुपमा मान्यता पाएको ब्रिटिस कलेज, शिक्षा तथा अन्य संस्थाहरुलाई हरित तथा दिगो शिक्षालाई अग्रभागमा राखेर अघि बढ्न प्रेरित गर्दछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.