बिहीबार, कार्तिक ८,२०८१ 10:07:37
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 10:07:37
IME remit
Global IME Bank Limited

लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा सम्पन्न, ३०% आईपीओ जारी गर्ने प्रस्ताव पारित

Hyundai Nepal
लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा सम्पन्न, ३०% आईपीओ जारी गर्ने प्रस्ताव पारित
Nabil Bank Limited

काठमाण्डौ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ। कम्पनीको प्रधान कार्यालय पोखरामा आज बिहीबार सभा सम्पन्न भएको हो। सभामाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पास भएको छ। 

सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सेयर जारी गर्न प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ।

Bizshala
Shivam Cement
CG Motors

नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गरी उपयोग गरिने निर्णय पारित पारित भएको कम्पनीको भनाइ छ। 

यस्तै, सोही विशेष साधारण सभाबाट आईपीओ निष्काशन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने निर्णय समेत गरेको छ।

विशेष साधारण सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए। सभामा शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.