बुधबार, भाद्र १०,२०८३ 02:35:11
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 02:35:11
Bizshala
Global IME Bank Limited

हाकिमको पहिरन छानिदिने जागिर, तलब ७० लाख

हाकिमको पहिरन छानिदिने जागिर, तलब ७० लाख
New Office

काठमाण्डौ। हरेक मान्छेको सपना हुन्छ, परिश्रम कम, सजिलो काम तर तलब मनग्य जागिर खाने। यस्तो जागिरलाई ड्रिम जब अर्थात् स्वप्निल जागिर भन्दा फरक पर्दैन। यस्तै सपनाको जागिर मध्ये एउटा जागिरका बारेमा थाहा पाउनुभयो भने तपाइँ छक्क पर्नुहुनेछ। वास्तवमा यो जागिरमा गर्नुपर्ने काम भनेकै एकजना व्यक्तिको लागि पहिरन छानिदिनु पर्ने हो।

अर्थात् त्यो व्यक्ति कार्यालयमा जाँदा कस्तो लुगा लगाउने ? पार्टीमा जानुपर्दा कस्तो लगाउने ? आदि कुराको छनोट गरिदिने काम गरे पुग्दछ। यो सजिलो कामको तलब चाहीँ वर्षमा करीब ७० लाख रुपैयाँ रहेको छ। बेलायतका करोडपति ब्यारी ड्रेबिट बार्लोले हालै आफ्नो निजी सहायक अर्थात् पिए पदका लागि विज्ञापन खोलेका छन्।

Bizshala
CG Motors

जसमा उनले आफ्नो लग्जरी लाइफस्टाललाई व्यवस्थापन गर्नका लागि आफुलाई एकजना निजी सहायकको आवश्यकता परेको बताएका छन्। उनका अनुसार निजी सहायकमा नियुक्त हुने व्यक्तिले उनका लागि दैनिक रुपमा पहिरनको छनोट गर्नुपर्नेछ। साथै दराजमा उनका लत्ताकपडा व्यवस्थापन गरेर पनि राखिदिनु पर्नेछ। 

त्यस्तै उनी कुनै कामका लागि बाहिर यात्रामा निस्किँदा निजी सहायक पनि सँगै जानुपर्नेछ भने उनको दैनिक कार्यतालिकाको व्यवस्थापन पनि गर्नुपर्नेछ। त्यस्तै उनका १० जना कर्मचारीको व्यवस्थापन गर्ने र भान्सेसँग मिलेर उनका खानेकुराको मेन्यूतयार गर्ने काम पनि गर्नुपर्नेछ।

विज्ञापन अनुसार मुख्यतः कार्यक्षेत्र बेलायतमै भएपनि उनी अमेरिका र एसियामा भ्रमण गर्दा उल्लेख्य रुपमा त्यहाँ जानुपर्नेछ। त्यस्तै सो पदमा आवेदन दिने व्यक्ति घर छाडेर काम गर्न सक्ने र हप्तौँ वा महिनौँसम्म बाहिरै बस्नसक्ने वा भ्रमण गर्न समेत सक्ने हुनुपर्नेछ। 

द सनमा प्रकाशित समाचार अनुसार ती ५४ वर्षीय करोडपतिको निजी सहायकमा दरखास्त हाल्ने उम्मेदवार बेलायतको बासिन्दा हुनुपर्नेछ। निजी सहायक नियुक्त भएपछि ड्रेबिटकै आलिसान घरमा बस्नुपर्नेछ। अर्थात् सो जागिर आवासीय हुनेछ। त्यस्तै हप्तामा दुईदिन छुट्टी मिल्नेछ।

सोमबार देखि शुक्रबार सम्म भने दैनिक १० घण्टा काम गर्नुपर्नेछ। तलब चाहीँ वर्षमा अधिकतम ४० हजार पाउण्ड अर्थात् करीब ७० लाख रुपैयाँ हुनेछ। सो जागिरमा दरखास्त दिनका लागि कुनै पूर्व अनुभवको आवश्यकता नपर्ने बताइएको छ।

स्मरण रहोस् ब्यारीले सरोगेसीबाट ८ जना बच्चा जन्माएका छन्। उनी सन् १९९९ मा बेलायतको पहिलो समलिंगी पिता बनेर चर्चामा आएका थिए। उनी आफ्नी नयाँ जन्मिएकी छोरीलाई १० लाख पाउण्डको घर उपहार दिएर पनि चर्चित बनेका थिए। -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.