काठमाण्डौ। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको वास्तु पुजा सम्पन्न गरेको छ।
शुक्रबार कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले वास्तु पुजा सम्पन्न गरेकी हुन्। सो समारोहमा अध्यक्ष सिंहले कम्पनीको यो भवन लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको बताइन्।
यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको उनको भनाइ छ।
पुजामा सहभागि वरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवद्र्धन हुनेमा आपूmहरु विश्वस्त रहेको बताएका थिए।
७२ अर्वभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्सले नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो।
वास्तु पुजामा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो।