आईतवार, बैशाख ७,२०८२ 12:30:48
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 12:30:48
IME remit
Global IME Bank Limited

मन्त्रिपरिषद्‌मा गयो टिकटक प्रतिबन्ध हटाउने पत्र, छिट्टै निर्णय हुन सक्ने

Hyundai Nepal
मन्त्रिपरिषद्‌मा गयो टिकटक प्रतिबन्ध हटाउने पत्र,  छिट्टै निर्णय हुन सक्ने
Nabil Bank Limited

नरेन्द्र विष्ट काठमाण्डौ। सरकारले २०८० कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको छ।

यस्तै,टिकटकले पनि सरकारलाई प्रतिबन्ध खुलाउन आग्रह गर्दै पटक–पटक पत्राचार गर्दै आएको छ। करिब ९ महिनाको अवधिमा टिकटकले प्रतिबन्ध फुकुवाको माग गर्दै ८ वटा पत्र पठाइसकेको छ। यता नेपालमा बन्द गरिएको टिकटक केही इन्टरनेट सेवा प्रदायक (आईएसपी) को नेटवर्कमा चल्न थालेको प्रयोगकर्ताहरूले बताएका छन्।

Shivam Cement
Bizshala
CG Motors

टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे सरकारी निकायहरूले छलफल गरिरहेको सरकारी अधिकारीहरूले  बताउँदै आएका छन्। दुईदिनअघि टिकटकलाई सर्तसहित खुला गर्नेबारे छलफल चलिरहेको बताएइएको छ।

यद्यपि सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी क्षेत्रको एनसेलजस्ता ठूला दूरसञ्चार कम्पनीको नेटवर्कमा टिकटक चलेको छैन। काठमाण्डौको जटीबुडी बस्दै आएका राजु विष्टले पहिलेदेखि भीपीएन प्रयोग गरेर टिकटक चलाइरहेको बताए। 

उनका अनुसार बिहीवारबाट भने भीपीएन प्रयोग नगरीकन आफैँ टिकटक चलिरहेको छ। टिकटक खुलिसक्यो भन्ने सुनेको थिए। अहिले मोबाइलमा ट्राई गर्दा चल्ने भइसकेको रहेछ’, उनले भने।

सञ्चार मन्त्रालय प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार बुधवार मन्त्रालयले केही सर्तहरूसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेर त्यसलाई मन्त्रिपरिषद्‌मा पठाएको छ।

उनले भने ,‘हामीले मन्त्रिपरिषद्‌मा टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेर सिफारिसपत्र पठाएको छौ। अब बाँकी खोल्ने नखोल्ने मन्त्रिपरिषद्‌को जिम्मा छ। यस विषयमा आजको मन्त्रिपरिषद्‌ बैठकले पनि निर्णय गर्न सक्छ। या आउँदो सोमबारको मन्त्रिपरिषद्‌ बैठकले निर्णय गर्न सक्छ।’

सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत कार्तिक २७ गतेदेखि नेपालमा टिकटक एपमाथि प्रतिबन्ध लगाएको थियो। नेपाल सरकारले प्रतिबन्ध लगाएको भए पनि भीपीएन प्रयोग गरेर धेरै प्रयोगकर्ताहरूले टिकटक चलाउने गरेको पाइएको छ।

सञ्चार मन्त्रालयले तयार पारेको प्रस्तावमा टिकटकलाई नेपालमा पुनस् चलाउन दिनका लागि उसले नेपाल सरकारले सामाजिक सञ्जालहरूको नियमन गर्न बनाएको निर्देशिकाको पूर्ण पालन गर्नुपर्ने कुरा राखिएको बताइएको छ।

त्यसबाहेक टिकटकले नेपालको शैक्षिक, सामाजिक जागरण तथा जनचेतनामूलक सामग्रीलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि समुदायस्तरमा सचेतना कार्यक्रम चलाउनुपर्ने लगायतका कुराहरु समेटिएको  मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।

टिकटकको पत्र र गत साता प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राखेका थिए। यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए।

केही दिनअघि टिकटकले सञ्चारमन्त्री गुरुङलाई सम्बोधन गरेर प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै एउटा इमेल लेखेपछि टिकटकको विषयमा छलफल हुन थालेको जनाइएको छ। उक्त इमेलपछि सरकार सर्तसहित टिकटकलाई खुला गर्नेबारे सकारात्मक देखिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार प्रतिबन्धपछि त्यसलाई हटाउन टिकटकले हालसम्म कैयौँ पत्रहरू पठाइसकेको र यसको निर्णयमा छिट्टै पुगिने उनको भनाइ छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.