बिहीबार, कार्तिक ८,२०८१ 02:34:14
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:34:15
IME remit
Global IME Bank Limited

नेशनल लाइफको साधारण सभा आज आयोजना हुँदै, लाभांशको अजेण्डा पारित गरिने

Hyundai Nepal
नेशनल लाइफको साधारण सभा आज आयोजना हुँदै, लाभांशको अजेण्डा पारित गरिने
Nabil Bank Limited

काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम ३६ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  

उक्त सभा आज बिहान १०.३० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।  सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्विकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले गत साउन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको थियो । यसर्थ साउन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.