बुधबार, चैत्र २०,२०८१ 02:39:40
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:39:40
IME remit
Global IME Bank Limited

नेशनल लाइफको एजीएम सम्पन्नः लाभांश पारित, इन्भेष्टमेन्ट कम्पनी खोल्ने तयारी

शाखाहरुमा ब्यापारिक भवन निर्माण गरिने

Hyundai Nepal
नेशनल लाइफको एजीएम सम्पन्नः लाभांश पारित, इन्भेष्टमेन्ट कम्पनी खोल्ने तयारी
Nabil Bank Limited

 

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा आज कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।  

सभामा अध्यक्ष सिंहले समिक्षा वर्ष २०७९/०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्त्र सुधार उन्मुख भए तापनि सो चुनौतपूर्ण रही यसको लागि लामो समय लाग्ने देखिएको पृष्ठभूमीमा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मांगमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आव २०७९/०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएता पनि आव २०८०/०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख गरिन् ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीका सबै लगानीहरु श्री नेपाल बीमा प्राधिकरणले जारी गरेका लगानी निर्देशिका अनुसार रहेका छन् र यी सबै सुरक्षा र प्रतिफलको हिसाबले राम्रा भएको सिंहले बताइन् । सोही लगानी निर्देशिका अन्तर्गत रहेर कम्पनी आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्ब नगरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्जस्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथाशिघ्र सो भवन संचालनमा ल्याउन प्रयास भै रहेको छ ।

कम्पनीले मर्चेन्ट बैंकिङ क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी सञ्चालनको प्रकृया अघि बढाएको छ भने आ.व.२०८१/०८२ मा सहायक कम्पनी कै रुपमा एउटा इन्भेष्टमेन्ट कम्पनी खोल्न प्रयासरत रहने छ । यसबाट लगानी विविधीकरणमा सहयोग पुग्ने र यसले कम्पनीको प्रवर्धनमा टेवा पुर्याउने कम्पनीको विश्वास छ ।

कम्पनीले ग्राहक केन्दि«त भई सूचना प्रविधि क्षेत्रमा पर्याप्त लगानी गर्दै ब्यवसाय संचालनको क्रममा डिजिटल प्रणालीको उच्चतम् प्रयोग गर्दै आएको जनाएको छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ ।  

३६ औं वार्षिक साधारण सभाले आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको १० प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर तथा नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.