शुक्रबार, श्रावण १,२०८३ 12:25:52
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 12:25:52
Bizshala
Global IME Bank Limited

ई–सेवाले ल्यायो व्यावसायिक र व्यक्तिगत खाताको लागि एउटै एप

ई–सेवाले ल्यायो व्यावसायिक र व्यक्तिगत खाताको लागि एउटै एप
New Office

काठमाण्डौ । ई–सेवाले आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा लिएर आएको छ । ई–सेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ ।  

पहिले नेपालका व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टा–छुट्टै खाता प्रयोग गनुपर्ने अवस्था थियो । ई–सेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ ।  

यसबाट प्रयोगकर्ता र मर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रुपमा एपबाट निगरानी राख्न सक्नेछन्। भुक्तानीको सूचना ई–सेवा एपको नोटिफिकेसनमार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोन पे क्युआरमार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन्। 

त्यसका साथै, मर्चेन्ट खातामा लिकं गरिएको सेटलमेन्ट बैंक खाताबाट सरल रुपमा पैसा निकाल्न पनि सकिनेछ। यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रुपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ। यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने ई–सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताएका छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.