Bizshala
  • बुधबार, पुष २३,२०८२ 03:22:15
Bizshala
Global IME Bank Limited

नक्कली नोट बनाउने ८ जना पक्राउ

Hyundai Nepal
नक्कली नोट बनाउने ८ जना पक्राउ
Shivam Cement

काठमाण्डौ । सर्लाहीबाट नक्कली नोट बनाउने ८ जना पक्राउ परेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको मधुवनीबाट नक्कली नोट बनाउने सामानसहित आठ जना पक्राउ परेका हुन् । पक्राउ पर्ने मध्ये २ जना भारतीय र ६ जना नेपाली हुन् ।  

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्रामपञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर, भारतकै मेजरगञ्ज ग्रामपञ्चायत–८ का ४० वर्षीय सुवोध कुमार छन् ।  

CG Motors
Bizshala
Garima Development Bank

यस्तै नक्कली नोटको कारोबारमा संलग्न काठमाण्डौ चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३२ वर्षीय जनार्धन सिंह,रौतहट चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राई, ललितपुर नगरपालिका–१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुर चाङ्गुनारायण नगरपालिका–५ का ३७ वर्षीय अमिर खत्रीलाई प्रहरीले नियन्त्रण लिएको छ ।  

प्रहरीले १ हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.