मंगलवार, माघ ८,२०८१ 20:23:16
IME remit
  • मंगलवार, माघ ८,२०८१ 02:08:13
IME remit
Global IME Bank Limited

पाकिस्तानमा भेटियो विश्वकै चौथो ठूलो तेल तथा ग्यास भण्डार, आर्थिक कायापलट हुन सक्ने विश्वास

Hyundai Nepal
पाकिस्तानमा भेटियो विश्वकै चौथो ठूलो तेल तथा ग्यास भण्डार, आर्थिक कायापलट हुन सक्ने विश्वास
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भण्डार भेटिएको छ । समुन्द्रमा भेटिएको यो भण्डारण यति ठूलो छ कि यसले पाकिस्तानको कायापलट हुन सक्ने जनाइएको छ ।   

पाकिस्तानी अधिकारीका अनुसार तेल र ग्यासको भण्डारको उपस्थिति पुष्टि गर्न पाकिस्तानको मित्र राष्ट्रसँगको सहकार्यमा ३ वर्षे सर्वेक्षण गरिएको थियो । त्यो मित्र राष्ट्रका बारेमा भने  केही पनि जानकारी खुलाइएको छैन ।  

Bizshala
CG Motors
Sagarmatha Cement

भौगोलिक सर्वेक्षणले पाकिस्तानलाई तेल र ग्यास भण्डारको स्थान पहिचान गर्न सहयोग गरेको छ । र सम्बन्धित विभागहरूले पाकिस्तानी जलक्षेत्रमा पाइने स्रोतहरूको बारेमा सरकारलाई जानकारी गराएको छ।

यसलाई ‘ब्लु वाटर इकोनोमी’ भन्दै अधिकारीले बोलपत्र र अन्वेषणको प्रस्ताव अध्ययन भइरहेको र निकट भविष्यमै अन्वेषणको काम सुरु गर्न सकिने बताएका छन् ।

तर, तेल उत्खनन गरेर निकाल्ने काममा केही वर्ष लाग्ने बताइएको छ ।

‘ब्लु वाटर इकोनोमी’ ले तेल र ग्याँस मात्रै भन्दा पनि अन्य बहुमूल्य  खनिजहरु समेत उत्खनन गर्न सकिने अधिकारीले दाबी गरेका छन् ।  

पाकिस्तानी अधिकारीहरले पहलकदमी र छिट्टै काम भए यसले देशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । केही सर्वेक्षणले यो विश्वको चौथो ठूलो तेल र ग्यास भण्डार हुन सक्ने समेत बताएका छन् ।  

हाल, भेनेजुएलामा विश्वको सबैभन्दा ठूला तेल भण्डारण भएको अनुमान गरिएको छ । जहाँ  ३.४ अर्ब ब्यारेल तेलको भण्डारण रहेको अनुमान लगाइएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.