सोमबार, असार १५,२०८३ 03:16:47
Bizshala
  • सोमबार, असार १५,२०८३ 03:16:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको न्युन चापिय प्रणाली नेपालतर्फ सर्दै, सुदूरपश्चिम प्रदेशमा ३ दिनसम्म अति भारी वर्षाको सम्भावना

Laxmi Sunrise Bank Limited
भारतको न्युन चापिय प्रणाली नेपालतर्फ सर्दै, सुदूरपश्चिम प्रदेशमा ३ दिनसम्म अति भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेतापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापिय प्रणाली थप विकसित भई उत्तर–पश्चिम तिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको छ। 

उक्त प्रणालीको प्रभावले मिति भदौ २७ गते साँझ देखि भदौ २९ गते बिहानसम्म विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज साँझ देखि भदौ २९ गते बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहने छ ।  

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ ।

तसर्थ, वर्षाको कारण भू(क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.