बुधबार, श्रावण २७,२०८३ 08:34:10
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 08:34:10
Bizshala
Global IME Bank Limited

कम पूँजी भएका कम्पनीहरुको आईपीओ निष्काशनमा कडाई गर्दै सेबी

Prabhu Bank Limited
कम पूँजी भएका कम्पनीहरुको आईपीओ निष्काशनमा कडाई गर्दै सेबी
New Office

काठमाण्डौ । भारतमा कम पूँजी भएका कम्पीहरुको आईपीओ निष्काशनमा कडाई गरिने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटिज बोर्ड अफ इण्डिया’सेबीले कम पूँजी भएका कम्पनीहरुलाई सर्वसाधारणका लाई आईपीओ जारी गर्न र उनीहले उपयोग गर्ने फण्डको प्रयोगलाई कडाई गर्ने भएको हो ।  

सेबीले लामो समयसम्म नाफा कमाएका र आर्थिक रुपमा सक्षम कम्पनीहरुलाई मात्रै अब आईपीओ निष्काशनको तयारी गरिरहेको भारतीय मिडियाले बताएका छन् ।  

यद्यपी सेबी र एक्सचेञ्ज बोर्ड अफ इण्डिया, नेशनल स्टक एक्सचेञ्जबाट साना र मझौला उद्यमहरूको सूचीकरण स्वीकृति प्रक्रिया लिन इच्छुक छैनन् । कतिपय लगानीकर्ताले यस प्रक्रियामा नियामकको प्रत्यक्ष निगरानीको माग गरिरहेका छन् । छलफलहरू अझै प्रारम्भिक चरणमा छन् र नियामकको प्राथमिक बजार सल्लाहकार प्यानलमा प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नु अघि उपायहरू परिमार्जन गर्न सकिने जनाइएको छ ।  

भारतमा कोरोना महामारीपछि कम पूँजी भएका कम्पनीहरुको आईपीओको बाढी नै आएको थियो । साना कम्पनीहरुले व्यवसाय विस्तार र वृद्धिका लागि प्राथमिक बजारलाई रोजिरहेका छन् । करिब २ साता अघि मात्रै २ वटा मात्रै आउटलेट र ८ जना कर्मचारी भएको एउटा मोटरसाइकल शोरुम कम्पनीले आईपीओ जारी गरेको थियो । जसमा सर्वसाधारणबाट ४०० गुणा भन्दा बढी आवेदन परेको थियो ।  

अप्रमाणित ट्र्याक रेकर्डका साथसाथै स्टक–मूल्य हेरफेरका भएका कम्पनीहरुको सेयरको लागि लगानीकर्ताको आकर्षण बढेपछि भारतीय अधिकारीहरू आईपीओ निष्काशनको कडाईमा उत्रिएका हुन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.