मंगलवार, श्रावण १२,२०८३ 03:26:24
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 03:26:24
Bizshala
Global IME Bank Limited

सबै तहका अदालत र न्यायिक निकायमा टिएमएस चलाउन नपाइने

सबै तहका अदालत र न्यायिक निकायमा टिएमएस चलाउन नपाइने
New Office

काठमाण्डौ । कार्यालय समयमा सबै तहका अदालत तथा सरकारका न्यायिक निकायहरुबाट त्यहाँ उपलब्ध स्रोतसाधन प्रयोग गरी सेयर कारोबार गर्ने अनलाइन प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस) चलाउन बन्देज गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भदौ २३ गते पठाएको पत्रलाई आधार मानी सर्वोच्च अदालतले सर्वोच्च, मातहतका उच्च अदालत, इजलास, जिल्ला अदालत तथा निकायहरुमा सेयर कारोबारमाथि कार्यालय समयमा बन्देज लगाएको हो ।  

हाल सेयर कारोबार टिएमएसबाट हुने गरेको छ । लगानीकर्ता आफैंले टिएमएस प्रयोग गरी अनलाइनबाट सेयर खरीदबिक्रीको काम गर्ने गर्छन् । 

पछिल्लो समय सरकारी कर्मचारीहरुले कार्यालय समयमा आफ्नो काम भन्दा सेयर कारोबारमा समय दिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु परेका थिए । आयोगले आएका उजुरीहरुलाई आधार बनाई सरकारलाई पत्र पठाएको थियो । सरकारले अख्तियारको सोही पत्रलाई आधार मानी नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा टिएमएस चलाउन बन्देज लगाउने निर्णय गरेको थियो ।  

साथै, सरकारले कार्यालय समयमा कोही कसैले टिएमएस चलाएको वा नचलाएको चेकजाँच गर्ने प्रणाली विकास गर्न समेत मातहतका सबैलाई निर्देशन दिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.