सोमबार, मंसिर ८,२०८२ 05:24:47
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 05:24:47
IME remit
Global IME Bank Limited

सबै तहका अदालत र न्यायिक निकायमा टिएमएस चलाउन नपाइने

Hyundai Nepal
सबै तहका अदालत र न्यायिक निकायमा टिएमएस चलाउन नपाइने
Shivam Cement

काठमाण्डौ । कार्यालय समयमा सबै तहका अदालत तथा सरकारका न्यायिक निकायहरुबाट त्यहाँ उपलब्ध स्रोतसाधन प्रयोग गरी सेयर कारोबार गर्ने अनलाइन प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस) चलाउन बन्देज गरिएको छ । 

CG Motors
New Office
Garima Development Bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भदौ २३ गते पठाएको पत्रलाई आधार मानी सर्वोच्च अदालतले सर्वोच्च, मातहतका उच्च अदालत, इजलास, जिल्ला अदालत तथा निकायहरुमा सेयर कारोबारमाथि कार्यालय समयमा बन्देज लगाएको हो ।  

हाल सेयर कारोबार टिएमएसबाट हुने गरेको छ । लगानीकर्ता आफैंले टिएमएस प्रयोग गरी अनलाइनबाट सेयर खरीदबिक्रीको काम गर्ने गर्छन् । 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

पछिल्लो समय सरकारी कर्मचारीहरुले कार्यालय समयमा आफ्नो काम भन्दा सेयर कारोबारमा समय दिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु परेका थिए । आयोगले आएका उजुरीहरुलाई आधार बनाई सरकारलाई पत्र पठाएको थियो । सरकारले अख्तियारको सोही पत्रलाई आधार मानी नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा टिएमएस चलाउन बन्देज लगाउने निर्णय गरेको थियो ।  

साथै, सरकारले कार्यालय समयमा कोही कसैले टिएमएस चलाएको वा नचलाएको चेकजाँच गर्ने प्रणाली विकास गर्न समेत मातहतका सबैलाई निर्देशन दिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.