बुधबार, असार १८,२०८२ 12:12:55
  • बुधबार, असार १८,२०८२ 12:12:55
Global IME Bank Limited

एभरेष्ट बैंकले रु.३ अर्बबराबरको ऋणपत्र निष्काशन गर्ने

Hyundai Nepal
एभरेष्ट बैंकले रु.३ अर्बबराबरको ऋणपत्र निष्काशन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  

बैंकले  ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशनको माग गर्दै आवेदन दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३० लाख युनिट ऋणपत्र जारी गर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ७.५० प्रतिशतका दरले ब्याज भुक्तानी हुनेछ । निष्काशन गरिने कुल ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.