• मंगलवार, भाद्र ३१,२०८२ 03:49:07
Global IME Bank Limited

धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने, प्रथम हुनेलाई २५ हजारको व्यवस्था

Hyundai Nepal
धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने, प्रथम हुनेलाई २५ हजारको व्यवस्था

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दै विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।  

बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२४ कात्तिक ६ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउँदै छ । सोही क्रममा बोर्डबाट निबन्ध प्रतियोगिता आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस÷कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थिहरुले सहभागीता जनाउन सक्नेछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निबन्धको शीर्षक Fundamentals of Investing in Capital Market र Prevention of Frauds and Scam in Capital Market: Role of Investors, Market Intermediaries and Regulator. रहेका छन् । इच्छुक सहभागीले असोज २८ गतेभित्र बोर्डमा आफ्नो निबन्ध पेश गर्न गर्नु पर्नेछ ।  

निबन्ध नेपाली वा अंग्रेजी माध्यममा हुनु पर्नेछ । उक्त निबन्ध पठाउँदा अध्ययनरत क्याम्पस र कलेजको सिफारिस अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ । उक्त निबन्धको वर्ड फाइल अनिवार्य रुपमा पठाउनु पर्नेछ ।  

यस्तै निबन्ध कम्तिमा १५ सय र अधिक्तम ३ हजार शब्द सीमामा हुनु पर्नेछ र निबन्ध पठाउँदा अन्यत्र प्रकाशित नभएको र प्रकाशनको लागि अन्यत्र पेश समेत नगरिएको हुनु पर्नेछ ।  

प्रतियोगितामा प्रथम पुरस्कार हुनेले २५ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार नगद पुरस्कार पाउनेछन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.