बिहीबार, कार्तिक ८,२०८१ 02:24:56
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:24:56
IME remit
Global IME Bank Limited

बिहिबारदेखि आइतबारसम्म देशभर भीषण वर्षा हुने, सचेत रहन आग्रह

Hyundai Nepal
बिहिबारदेखि आइतबारसम्म देशभर भीषण वर्षा हुने, सचेत रहन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । बिहिबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै बिहिबारदेखि आइतबार बिहानसम्म नेपाल अधिराज्यभर भीषण वर्षासँगै बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले चेतावनी दिएको छ । महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा समेत राखेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने प्रणाली नेपाल नजिक झन शक्तिशाली बनेकाले सातै प्रदेशमा भीषण वर्षा हुने र यसबाट असर पनि बढी पर्ने देखिएको छ ।  

मानन्धरका अनुसार उक्त समयसम्म बाढीपरिहोका घटना बढी हुनसक्ने र बढी धानबालीलाई असर गर्ने अनुमान रहेको छ । भीषण वर्षा हुने भएका कारण बाढीपहिरोका जोखिम बढ्नसक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह समेत गरेकी छिन् ।  

रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय सरकारले यसअघि नै गरेको थियो। महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । तराईमा हावाहुरीको समेत चेतावनी दिइएको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने आरिघोप्टे तहको वर्षाको सम्भावना छ ।  

बिहीबारः बिहीबार दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको चेतावनी दिइएको छ। तराईमा हावाहुरी चल्नेछ।

यी हुन् रेडअलर्ट जारी भएका ५६ जिल्ला

कोशीः झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर

मधेशः सिराहा, सप्तरी र पर्सा

बागमतीः मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप

गण्डकीः म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ

लुम्बिनीः रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया

कर्णालीः जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान

सुदूरपश्चिमः कैलाली, डोटी र अछाम

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.