IME remit
  • शनिबार, कार्तिक १,२०८२ 07:17:50
IME remit
Global IME Bank Limited

सेप्टेम्बर महिनामा विगत ४ वर्षकै धेरै पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

Hyundai Nepal
सेप्टेम्बर महिनामा विगत ४ वर्षकै धेरै पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
Shivam Cement

काठमाण्डौ । सेप्टेम्बर महिनामा ९६ हजार ३०५ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अगस्ट महिनाको तुलनामा बढी हो ।  

अगस्ट महिनामा नेपालमा ७२ हजार ९१९ पर्यटक नेपाल आएका थिए ।  

सेप्टेम्बर महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या विगत ४ वर्षको वर्षकै उच्च हो । सन् २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०२२ मा ५८ हजार ३१४,सन् २०२१ मा ९ हजार ९०७ र सन् २०२० मा ५ हजार ८४ जना पर्यटकको नेपाल आगामन भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सन् २०२४ को सेप्टेम्बर महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएको छन् । यो महिना २२ हजार ९८४ भारतीय पर्यटक नेपाल आएको तथ्यांकले देखाउछ । यो संख्या सन् २०२३ को सोही अवधिको तुलनामा १९ प्रतिशतले कम हो । सन् २०२३ को सेप्टेम्बर महिनामा २८ हजार ६९४ भारतीय पर्यटक नेपाल आएका थिए ।  

यस्तै यो महिना सबैभन्दा धेरै पर्यटक नेपाल आउनेमा अमेरिकी पर्यटक दोस्रो स्थानमा रहेका छन् । अमेरिकाबाट सेप्टेम्बर महिनामा १० हजार ८४ पर्यटक नेपाल आएका छन् । यस्तै चीनबाट ८ हजार ४२, अस्ट्रेलिया ५ हजार ३८, बेलायत ४ हजार ४९३ र बंगलादेश ४ हजार १०३ पर्यटक नेपाल आएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरिया २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक आएका छन् ।  

यो वर्षको जनवरी महिनामा ७९ हजार १ सय,फेब्रुअरीमा ९७ हजार ४२६,मार्च महिनामा १ लाख २८ हजार १६७, जुन महिनामा ७६ हजार ७३६, अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना, मे महिनामा ९० हजार २११ जुन महिनामा ७६ हजार ७३६ जुलाईमा ६४ हजार ५९९ पर्यटक नेपाल आएका थिए ।    

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.