• बिहीबार, भाद्र २६,२०८२ 04:40:10
Global IME Bank Limited

विश्वको शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए बिल गेट्स, डिभोर्स मुख्य कारण

Hyundai Nepal
विश्वको शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए बिल गेट्स, डिभोर्स मुख्य कारण

काठमाण्डौ । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स विश्वको शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिएका छन् ।  

फोब्र्सले सार्वजनिक गरेको नयाँ सूचीअनुसार गेट्सको सम्पत्ति १०७ अर्ब डलरमा सीमित बनेको छ । यससँगै उनी विश्वको धनाढ्यको सूचीमा १२ औं स्थानमा झरेका छन् ।  

यसअघि उनी छैठौं स्थानबाट झरेर ९ औं स्थानमा थिए । गेट्स विश्वको धनाढ्यको शीर्ष १० सूचीबाट सन् १९९१ पछि पहिलोपट बाहिरिएका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनको सम्पत्तिमा व्यापक गिरावट आउनुमा उनले आफ्नी श्रीमतिसँग गरेको डिभोर्स मुख्य कारण हो । गेट्सले आफ्नी श्रीमति मेलिन्डा गेट्ससँग २७ वर्षे वैवाहिक सम्बन्ध तोड्दै सन् २०२१ मा डिभोर्स गरेका थिए ।  

यससँगै मेलिन्डाले गेट्स फाउण्डेशनको उपाध्यक्षबाट समेत राजीनामा दिने बताएकी छन् । यस्तै उनले बिल गेट्सबाट १२.५ अर्ब डलर अतिरिक्त रकम पाउने समेत दाबी गरेकी छन् ।  

डिभोर्सपश्चात मेलिन्डा गेट्सको सम्पत्ति २९ अर्ब डलर पुगेको छ । जुन एक वर्षअघि १०.३ अर्ब डलर थियो । यससँगै उनी अमेरिकाको नवौं धनी महिला बनेकी छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.