बिहीबार, श्रावण २१,२०८३ 08:52:38
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 08:52:38
Bizshala
Global IME Bank Limited

नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनबीच सहमति

नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनबीच सहमति
New Office

काठमाण्डौ । भारत र चीन सरकारबीच नेपाली भूमि लिपुलेक पास हुँदै द्धिपक्षीय व्यापार खुला गर्ने सहमति भएको छ । दुवै देशले नेपाललाई बिना कुनै जानकारी दिई नेपाली भूमि प्रयोग गरेर व्यापार गर्ने सहमति गरेका हुन् ।  

भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच यस्तो सहमति भएको हो । दुई देशबीच भएको सहमतिको ९ नम्बर बुँदामा लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमति भएको उल्लेख छ ।  

यसअघि पनि भारत र चीनले नेपाली भूमी लिपुलेख हुँदै एकअर्काबीच व्यापार गर्ने विषयमा सहमति जुटाएका थिए । विसं २०७२ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खछियाङबीच यस्तो सहमति भएको थियो । यो सहमतिप्रति नेपाल सरकारले असन्तुष्टि जनाउँदै दुबै देशलाई कुटनीतिक नोट पठाएको थियो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफको धम्किका बीच भारत र चीन यतिबेला नजिकिएका छन् । सीमा विवादका बीच दुवै देशले सम्बन्ध सुधार्ने सकारात्मक संकेत गरेका छन् । भारतीय विदेशमनत्री एस जयशंकरले गत महिना गरेको चीन भ्रमणपश्चात चिनियाँ विदेशमन्त्रीले पनि यही अगस्ट १८ र १९ तारिखमा भारतको भ्रमण गरेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.