आईतवार, पुष ७,२०८१ 10:48:19
IME remit
  • आईतवार, पुष ७,२०८१ 10:48:19
IME remit
Global IME Bank Limited

बीमा कम्पनीका सीइओले तलब भत्तासँगै अन्य के–के पाउँछन् सुविधा ?

Hyundai Nepal
बीमा कम्पनीका सीइओले तलब भत्तासँगै अन्य के–के पाउँछन् सुविधा ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुको प्रशासकीय, व्यवस्थापकीय वा व्यवसाय सञ्चालनको जिम्मेवारी पाएको ब्यक्ति नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । बीमा कम्पनीका सीईओहरुले १ करोड भन्दा बढी तलब भत्ता खाने गर्दछन्। तलब भत्तासँगै बीमा कम्पनीका सीईओहरुलाई बीमाशुल्क सुविधा र अन्य सुविधासमेत आफ्नो कार्यकालसम्म प्राप्त हुन्छ ।  

तत्कालीन बीमा समितिले जारी गरेको बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन, २०७४ बमोजिम बीमा कम्पनीले कार्यकारी प्रमुखलाई दफा ४ को उपदफा (२) को सीमाभित्र रही विभिन्न बीमाको बीमाशुल्क प्रदान गर्न सक्नेछ भनी उल्लेख छ ।

Bizshala
Shivam Cement
CG Motors

मार्गदर्शन बमोजिम बीमा कम्पनीहरुले सीईओलाई सावधिक जीवन बीमा, दुर्घटना बीमा र निजको एकाघर परिवारको स्वास्थ्य बीमाका लागि बीमाशुल्क उपलब्ध गराउनेछन् । तर, बीमा कम्पनीले मागर्दशर्नको दफा ४ को उपदफा (२)माभएबमोजिमविगत ३ आर्थिक वर्षको औसत कर्मचारी खर्चको ६ प्रतिशतसम्म र ३ आर्थिक वर्षको अन्तको औसत कुल सम्पत्तिको क्रमशः ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्मको आधारमा गणना गर्दा जुन मापदण्डबाट न्यूनतम रकम आउँछ, सोहीअनुरुपको निश्चित वार्षिक तलब–भत्ता अनुसारकै बीमाशुल्क उपलब्ध हुनेछ।  

यसका साथै बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा मार्गदर्शन, २०७४ बमोजिम बीमा कम्पनीका सीईओहरुलाई अन्य सुविधाहरु समेत उपलब्ध हुनेछ । मार्गदर्शनबमोजिम १ थान मोबाइल सेट र सोको वास्तविक खर्च, १ थान ल्यापटप, १ लाइन इन्टरनेट जडान र सोको वास्तविक खर्च, सवारी साधनका लागि आवश्यक पर्ने इन्धन र चालक वा नेपाल सरकारको प्रथम तह सरहको चालक खर्च, बीमा कम्पनीले कर्मचारीलाई छुट्याएको सेयरबापतको अंश माध्यमबाट कार्यकारी प्रमुखले प्राप्त गर्न सक्ने सेयरबापतको रकम चुक्ता प्रदान गरिने सेयरको सुविधा प्राप्त हुन्छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

त्यस्तै, कार्यकारी प्रमुखलाई अन्य र व्यावसायिक सदस्यता र पत्रपत्रिकाका लागि दफा ४ को उपदफा (२) बमोजिम हुन आउने वार्षिक तलब–भत्ताको १ प्रतिशतसम्म खर्च सुविधा र विदेश यात्रामा जाँदा यात्रा अवधिभरिका लागि दिइने यात्रा तथा स्वास्थ्य (ट्राभल तथा मेडिक्लेम इन्स्योरेन्स)को सुविधा बीमा कम्पनीले सीईओलाई उपलब्ध गराउनेछ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.