बुधबार, माघ २३,२०८१ 12:42:19
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:42:19
IME remit
Global IME Bank Limited

जीवन बीमाका प्रकारहरु के–के हुन् ? कुनखाले बीमा गर्दा कस्तो लाभ पाइन्छ ?

Hyundai Nepal
जीवन बीमाका प्रकारहरु के–के हुन् ? कुनखाले बीमा गर्दा कस्तो लाभ पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार अझै पनि कुल जनसंख्याको आधाभन्दा बढी जनसंख्याले बीमा गरेका छैनन् । बीमाको दायरा अझैपनि बढ्न सकिरहेको छैन । बीमाको जानकारी भएकाहरुले पनि जीवन बीमा नगरेको बीमा विज्ञहरु बताउँछन् ।

बीमा प्राधिकरणले बीमासम्बन्धी जनचेतना फैलाएपनि सर्वसाधारणमा बीमा किन गर्ने र यसबाट के फाइदा हुन्छ भन्ने खालका जिज्ञासाहरु अझै प्रशस्तै भेटिन्छन् । साथै, बीमा गराउन चाहनेहरुमा समेत बीमालेखको विषयमा जानकारी नहुँदा बीमा गर्न हिच्किचाउने प्रवृत्ति छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

हाल १४ जीवन बीमा कम्पनीले विभिन्न बीमालेखहरु बिक्री गरिरहेका छन् । मुख्यतःबीमितहरुले बीमा गर्नुअघि बीमा तीन प्रकारका हुन्छन् भनेर बुझ्न जरुरी छ । सबै कम्पनीले विभिन्न नामहरु दिएर पोलिसी बिक्री गरेपनि बीमा विशेषगरी तीन प्रकारका हुन्छन् । आजीवन बीमा, म्यादी जीवन बीमा र सावधिक जीवन बीमा गरी बीमा तीन प्रकारको हुन्छ ।  

यी तीनवटै बीमाका आ–आफ्नै विशेषता छन् । तर, सर्वाधिक बिक्री हुने बीमा भनेको सावधिक जीवन बीमा हो । अधिकांशले सावधिक जीवन बीमा नै गर्छन् तर बीमालेखहरुको आ–आफ्नै प्रकार र विशेषता हुन्छन् ।  

सावधिक जीवन बीमा

सामान्यतया सबैले गर्ने बीमा सावधिक जीवन बीमा हो । जीवन बीमा कम्पनीहरुमा सावधिक जीवन बीमा सर्वाधिक बिक्री हुने बीमालेख हो । यो बीमालेखअन्तर्गत रहेर एउटा निश्चित अवधिको लागि बीमा गराइन्छ ।  

आफुले बीमा गरेको बीमांक रकम बराबर बीमा अवधि सकिएपछि स्वयं बीमितले प्राप्त गर्दछ । साथै, तोकिएको अवधिभर बीमितको मृत्यु भएमा पुरा बीमा रकम र त्यो अवधिसम्म समानुपातिक बोनससहित हकवालालाई भुक्तानी हुन्छ ।  

सावधिक जीवन बीमाका पनि विभिन्न प्रकार छन् । साधारण सावधिक जीवन बीमा, विशुद्ध सावधिक जीवन बीमा, संयुक्त सावधिक जीवन बीमा, दोहोरो सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा र बाल सावधिक जीवन बीमा रहेका छन् ।  

Muktinath Bikas Bank Limited

साधारण सावधिक जीवन बीमा सर्वाधिक लोकप्रिय जीवन बीमा हो । यो बीमा लेखमा बीमा कम्पनी र बीमितबीच भएको सहमतिअनुसार एउटा निश्चित अवधि तोकि सो अवधिसम्म बीमाशुल्क तिनुपर्ने गरी जारी गरिन्छ । बीमा अवधि सकिएपछि बीमित स्वयंलाई र मृत्यु भएको खण्डमा हकवालालाई बीमांक रकम भुक्तानी गरिन्छ । बीमा कम्पनीहरुमा सर्वाधिक यो बीमालेख जारी हुने गर्दछ ।  

त्यस्तै, बीमित स्वयं बीमा अवधिसम्म जीवित रहेर बीमांक रकम भुक्तानी हुन्छ, भने त्यो विशुद्ध सावधिक जीवन बीमा हो । साथै, एक भन्दा बढी जीवनको बीमा गरिएको बीमा संयुक्त सावधिक जीवन बीमा हो । बीमा अवधिभर एक बीमितको मृत्यु भएमा जीवित बीमितलाई बीमांक रकम भुक्तानी हुन्छ ।

त्यस्तै, दोहोरो सावधिक जीवन बीमामा बीमितको बीमा अवधिभित्र मृत्यु भएमा तोकिएको बीमाङ्क रकम तथा बीमा अवधिसम्म जीवित रहेमा सो अवधि समाप्त हुनासाथ दोब्बर बीमाङ्क रकम बीमितले पाउने गरी जारी गरिन्छ ।

यता अग्रिम भुक्तानी सावधिक जीवन बीमामा बीमाङ्क रकमको भुक्तानी विभिन्न समयको अन्तरालमा बीमितलाई भुक्तानी गरिन्छ । त्यस्तै, सन्तानको भविष्यलाई दृष्टिगत गरी बाबुआमाले आफ्नो बच्चाहरुको लागि खरिद गर्ने बीमालेख नै बाल सावधिक जीवन बीमा हो । यो योजनामा बीमा अवधि सकिएपछि मात्र बीमाङ्क रकमको भुक्तानी एकमुष्ट वा एक पटकमा गरिन्छ ।  

आजीवन बीमा

आजीवन बीमा लङ टर्म पोलिसी हो । यो पोलिसी खरिद गरेका बीमित स्वयं आफुले बीमांक रकम लिन पाउँदैन अर्थात् बीमाको उद्देश्य मात्रै पुरा हुन्छ, जब बीमा गरेको व्यक्तिको मृत्यु हुन्छ । यस बीमालेखमा बीमा गर्नेले आफ्नो जीवनकालमा आफुले गरेको बीमा रकमको भोग चलन गर्न पाउँदैन ।  

आजीवन बीमापनि तीन प्रकारका हुन्छन्, जसमा साधारण आजीवन बीमा, सीमित भुक्तानी आजीवन बीमा र परिवर्तनीय आजीवन बीमा रहेका छन् । जीवनभर बीमितले निरन्तर बीमाशुल्क बुझाईरहन्छ र अन्त्यमा उसको मृत्युपश्चात् इच्छाइएको व्यक्तिलाई बीमावापतको रकम भुक्तानी हुन्छ भने त्यो साधारण आजीवन जीवन बीमा हो ।  

त्यस्तै, सीमित भुक्तानी आजीवन बीमाअन्तर्गत बीमाशुल्क भुक्तानी गर्ने अवधि तोकिएको हुन्छ । बीमाशुल्क भुक्तानी त्यहि निश्चित अवधिसम्म मात्र गर्ने दायित्व बीमितलाई नै हुन्छ । साथै, परिवर्तनीय आजीवन बीमाअन्तर्गत बीमितले चाहेमा बीमालेख चालु भएको ५ वर्षपछि कुनै पनि अवधिको बन्दोबस्ती बीमामा परिवर्तन गर्न सक्ने सुविधा हुन्छ ।  

म्यादी जीवन बीमा

म्यादी जीवन बीमा छोटो अवधिको पोलिसी हो । यस प्रकारको बीमालाई एक अस्थाई बीमा करार मानिन्छ । यो बीमालेखमा अवधि तोकिएको हुन्छ । यदि सो अवधिभर बीमितको मृत्यु भएमामात्रै बीमा रकम प्राप्त हुन्छ । तर अवधि पुरा भएर बीमित जीवितै रहन्छ भने बीमा रकम प्राप्त हुँदैन ।  

यो खालको बीमालेखमा केवल सुरक्षामात्रै प्रदान गरिएको हुन्छ । यस्तो बीमालेखले केवल सुरक्षा प्रदान गर्दा यसलाई समर्पण मूल्यमा परिवतृन गराउन सकिँदैन । बीमा गर्ने बीमितको उमेरको आधारमा यसको बीमाशुल्क निर्धारण गरिन्छ ।  

वैदेशिक रोजगारमा जानेहरुका लागि अहिले म्यादी जीवन बीमा अनिवार्य छ । वैदेशिक रोजगारको क्रममा रहँदासम्म बीमितको मृत्यु भएमा मात्रै बीमा रकम प्राप्त हुन्छ । साथै, यस्तो बीमामा स्वास्थ्य बीमाको पनि सुविधा रहेको हुन्छ, तर यसको लागि बीमितले थप शुल्क बुझाउनुपर्दछ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.