बुधबार, आश्विन ३०,२०८१ 01:54:32
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 01:54:32
IME remit
Global IME Bank Limited

नेपाल प्रहरीमा भिड्न हिडेका हरि बि.सि अभिकर्ता पेशामा जम्दै, वार्षिक १०–१२ लाखको कमाई

Hyundai Nepal
नेपाल प्रहरीमा भिड्न हिडेका हरि बि.सि अभिकर्ता पेशामा जम्दै, वार्षिक १०–१२ लाखको कमाई
Nabil Bank Limited

काठमाण्डौ । सुखमय अनि सन्तोषदायी जीवन जीउने सपना सबैको हुन्छ । आफुले गरेको निर्णयले भविष्य उज्ज्वल होस् भन्ने चाहपनि सबैमा हुन्छ ।  

हामी भविष्यमा एकथरी बन्ने सपना राख्छौं । प्रयास गरेतापनि कहिलेकाही भाग्यले साथ नदिंदा आफुले बोकेको सपना साकार नहुन वा लक्ष्य पुरा नहुन सक्छ । तर कहिलेकाही भविष्यमा एकथरी बनेर आफ्नो भविष्य उज्ज्वल बनाउने सपना बुन्दाबुन्दै पनि अर्कोथरी कुराले सपना साकार बनाइरहेको हुन्छ वा बनाउन सक्छ ।  

यसरी नै दुईपटकसम्म नेपाल प्रहरीमा भिड्न हिडेका बैतडीका हरि बिसि अहिले बीमा अभिकर्ता बनेर सुखको जिन्दगी जिइरहेका छन् । प्लस टु सकिएपछि उनी दुईपटकसम्म असईमा भिडेका थिए । तर आफ्नो भाग्यले साथ नदिएपछि उनी नेपाल प्रहरीको जागिरमा आबद्ध हुन सकेनन् ।  

 

 

Bizshala
Shivam Cement
CG Motors

त्यसपछि उनी काठमाण्डौंको न्यूरोडस्थित एक सहकारी संस्थामा काम गर्न थाले । तर सहकारी संस्थाबाट पनि आफ्नो र परिवारको आवश्यकता पुरा हुन नसकेपछि उनी सन्तुष्ट हुन सकेनन् ।  

२०७७ सालमा जब उनी अभिकर्ताको रुपमा बीमा क्षेत्रमा प्रवेश गरे तब उनले यो सेक्टरबाट धेरै कुरा प्राप्त गरे । बीमा अभिकर्ता पेशा अगाँलेपछि अहिले आफ्नो जीवनशैली नै परिवर्तन भएको उनी महसुस गर्छन् । यो क्षेत्रबाट आर्थिक समृद्धिसँगै आफ्नो  व्यक्तित्व समेत विकास भएको उनी बताउँछन् ।  

‘सायद म नेपाल प्रहरीमा नै आबद्ध भएको भए अहिले यो पेशाबाट जति सन्तुष्टि मिलेको छ, त्यति सन्तुष्ट हुने थिएन होला’उनले भने, ‘अभिकर्ता पेशाले आर्थिक समृद्धि मात्रै नभई आफ्नो पर्सनालिटी, स्ट्याण्डर्डमा समेत विकास गरिदिएको छ ।’

अभिकर्ता पेशाबाटै बोल्ने शैलीको विकास, मनग्य आम्दानी र अरुबाट सम्मान पनि पाइने भएकाले यो पेशालाई उनी प्रेरणादायी पेशा भन्न रुचाउँछन् । ‘अभिकर्ता पेशालाई म प्रेरणादायी पेशाको रुपमा लिन्छु किनकी हामीले सर्वसाधारणहरुलाई बीमाको बारेमा राम्रोसँग बुझाएर बीमा गर्न प्रेरित गरी सहयोग गरेका हुन्छौं’ उनले भने, ‘अहिले जीवन बीमा कतिको महत्व छ त्यो धेरैजसोले बुझिसक्नु भएको छ । नबुझ्ने ब्यक्तिहरुलाई पनि हामीले बीमाको आवश्यकताका बारेमा बुझाउने प्रयास गरेका हुन्छौं ।’

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

बीमा अभिकर्ता पेशालाई उनी राम्रो भविष्य बनाइदिने पेशाको रुपमा गन्छन् । ‘यसअघि सहकारी क्षेत्रमा थिए सहकारी पेशापनि सेवाकै पेशा हो तर त्यसमा आम्दानी सीमित हुन्थ्यो तर बीमा अभिकर्ता पेशा सोचेभन्दा फराकिलो पाए’उनले भने, ‘यो पेशा असिमिति आम्दानी गर्ने पेशा हो । अभिकर्तामा मिहिनेत, लगनशील र धैर्यता हुने हो भने यो क्षेत्रबाट मनग्य आम्दानी गर्न सकिन्छ ।’

अहिले हरि वार्षिक १०÷१२ लाख रुपैयाँ ढुक्कले कमाउछन् । ‘यो क्षेत्र भनेको असीमित आम्दानी गर्न सकिने क्षेत्र हो, तर अभिकर्तामा लगनशील अवश्यक हुन जरुरी छ’ उनले भने, ‘अभिकर्ता पेशामा लाग्ने बित्तिकै कमाई हुन्छ भन्ने छैन, तर मिहिनेत गर्ने हो भने मासिक ५०–६० हजार आरामले कमाउन सकिन्छ ।’

यसरी जोडिए बीमा क्षेत्रमा

बीमा क्षेत्रमा आउनुअघि उनी एक सहकारी संस्थामा कार्यरत थिए । सहकारी संस्थामा ४ वर्ष काम गरेपछि उनी आइएमई लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर रामकुमार बिसुन्केसँग भेटिन पुगे  ।

हरि बि.सि.का दाई र रामकुमार बिसुन्से साथी थिए । बिसुन्केको सल्लाहबमोजिम उनी २०७७ सालमा सिटिजन लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा जोडिन पुगे । एक वर्ष सिटिजन लाइफमा काम गरिसकेपछि बिसुन्केकै माध्यमबाट उनी आइएमई लाइफमा २०७८ सालमा आबद्ध भए ।  

वैतडी जिल्ला पाटन नगरपालिका वडा नं. १ सकारपालीमा जन्मिएपनि डोटी जिल्ला जोरायल गाउँपालिका वडा नं. २ बसेनी हरिको स्थायी ठेगाना हो । हाल अहिले उनी ललितपुर जिल्ला जावलाखेल बस्दै आएका छन् ।  

एसएलसीसम्मको अध्ययन डोटी जिल्लाको बुडर स्थित रामपुर उच्चमा.वि.मा अध्ययन पुरा गरी प्लस टु भने ललितपुरस्थित कुमारी पाटी युनिक कलेजबाट पुरा गरेका हुन् । साथै, स्नातकतह भने उनले राजनीतिशास्त्र विषयबाट पाटन संयुक्त क्याम्पसबाट पुरा गरेका हुन् । परिवारमा पाँचदाजुभाइमा उनी साइलो छोरा हुन् । जीवनमा केही फरक गर्नुपर्छ भनेर लागिपरेका उनी अहिले बीमा अभिकर्ता बनेर आफुसँगै परिवारलाई समेत खुशी बनाउन सक्षम भएका छन् ।  

आइएमई लाइफमा आबद्ध भएको ४ वर्षको दौरानमा उनी पाको अभिकर्ता बनिसकेका छन् । आइमएमईमा आइसकेपछि धेरै कुराको उपलब्धी प्राप्त भएको उनी बताउँछन् । साथै यो सबै उपलब्धी प्राप्त गर्नुमा उनी आफ्नो मिहिनेत र एजेन्सी म्यानेजर रामकुमार बिसुन्केलाई क्रेडिट दिन चाहान्छन् ।  

‘अभिकर्ता पेशामै सफल बनाउन मलाई धेरैले सहयोग गर्नुभएको छ । विशेषतः यो क्षेत्रमा आबद्ध गराइदिने आइएमई लाइफका एजेन्सी म्यानेजर रामकुमार बिसुन्के सरलाई एकदमै धेरै धन्यवाद दिन चाहान्छु, साथै मेरो यात्रामा सहयोग गर्नुहुने बागमती प्रदेश प्रमुखचन्द्र प्रदिप भट्टराई, एरिया म्यानेजर सुशीला खतिवडा र न्यूरोड शाखा प्रमुख प्रकाश जोशीलाई पनि धन्यवाद दिन चाहान्छु’ उनले भने, ‘उहाँहरुकै कारण आज म सक्षम अभिकर्ता बन्न सफल भएको छु र सर्वसाधारणलाई बीमाको बारेमा जानकारी गराएर सेवा दिन सकेको छु ।’

करिब २ सय अभिकर्ताको टिम लिडर

अहिले उनी आइएमई लाइफ इन्स्योरेन्स काठमाण्डौं शाखामा कार्यरत छन् । करिब २०० जना अभिकर्ताको टिम उनी लिड गरिरहेका छन् ।  

यसअघि न्यूरोड शाखाबाटै टिम बिजनेशबाट पनि उनी टप भइसकेका छन् । हालसम्म उनले २ सय प्लस बीमा पोलिसी बिक्री गरिसकेका छन् । यो वर्ष उनले एमडीआरटी क्वालिफाइड हुने लक्ष्य राखेका छन् । साथै, टिममार्फत ३ जनालाई समेत एमडीआरटी क्वालिफाइड बनाउने उनले जमर्को गरेका छन् ।  

‘यस वर्ष अब्बल १०० जनालाई तालिम दिएर पोख्त अभिकर्ता बनाउने टार्गेट लिएको छु । टिमबाट शिक्षित अभिकर्ता जन्माउने मेरो सपना पनि छ’ उनले भने, ‘अहिले बजारमा जस्ता पनि अभिकर्ता बनेकाले अभिकर्ता पेशालाई नै नकारात्मक रुपमा हेर्ने गरेका छन् । बीमा बिक्री गर्न बीमा क्षेत्रको बारेमा सबै बुझेको लाई मात्र खटाउन आवश्यक छ । त्यसकारण म मेरो टिमबाट तालिम प्रदान गरी अभिकर्तालाई पोख्त बनाउन चाहान्छु ।’

‘पोलिसी सरेण्डरदर कम गर्न अभिकर्तालाई तालिम आवश्यक’

पछिल्लो समय जीवन बीमा क्षेत्रमा बीमा पोलिसी सरेण्डरको मात्रा बढ्दै जानुमा अभिकर्ताहरु पनि जिम्मेवार रहेको उनी तर्क गर्छन् ।  

‘अभिकर्ताहरुले बीमासम्बन्धी पूर्ण तालिम नलिई बीमितको बीमा गराउँदा सरेण्डर गर्नुपर्ने अवस्था सिर्जना भएको हो’ उनले भने, ‘बीमितको आर्थिक अवस्था नबुझेर पोलिसी भिडाउँने र बोनसदरको विषयमा अभिकर्ता स्वयं स्पष्ट नहुँदा पछि बीमितले पोलिसी त्याग गर्ने अवस्था सिर्जना भएको हो ।’

साथै, बीमालेख समर्पण हुनुमा कहिँकतै बीमा कम्पनीहरु आफैं जिम्मेवार रहेको उनको भनाई छ । ‘बीमा कम्पनीहरुले धेरै बिजनेश भित्र्याउने होडबाजीमा बीमा नै नबुझेकालाई लाइसेन्स बाँडेकाले यस्तो अवस्था आएको हो’ उनले  भने, ‘तर अब अभिकर्ताहरु पनि काँटछाँट हुन आवश्यक छ । यसैको लागि नेपाल बीमा प्राधिकरण स्वयं आफैंले परीक्षा लिएर अभिकर्ताको लाइसेन्स बाँड्ने नियम ल्याएको छ, जुन एकदमै सराहनीय छ ।’

‘खर्च कटौती गरेर बीमा गरौं’

फजुलखर्च नगरी थोरै थोरै रकम बचत गरेर भएपनि बीमा गर्न उनी सबैलाई सुझाव दिन्छन् । भोलिको रिटायर लाइफमा जीवन बीमाको अत्यन्तै खाँचो हुने भएकाले सबैले अनिवार्य रुपमा बीमा गर्नुपर्ने उनी तर्क राख्छन् ।  

‘जीवन बीमा बुढेसकालको सहारा हो, यदि तपाईले जीवन बीमा समयमै गर्नुभएको छ भने भविष्यमा तपाई कसैको भरमा बस्नुपर्ने छैन । भविष्यमा आइपर्ने विभिन्न जोखिमलाई बीमाले सहजै कभर गर्न सक्छ’ उनले भने, ‘आफ्नो आम्दानीअनुसारको बीमा सबैले गर्न आवश्यक छ । अहिले बजारमा विभिन्न कम्पनीको प्रडक्टहरु आएको छ । आफ्नो आयस्रोत अनुसार बीमा पोलिसी सबैले अनिवार्य रुपमा खरिद गर्नुपर्छ । साथै, बीमा बुझेको भरपर्दो अभिकर्ता समक्ष मार्फत बीमा गराउन म सबैलाई सुझाव दिन्छु ।’

साथै, सरकारी तहबाट नै बीमा अनिवार्य हुने व्यवस्था मिलाउनुपर्नेमा उनी मान्यता राख्छन् । ‘सरकारी तहबाट पनि बीमालाई अनिवार्य गरिनुपर्ने व्यवस्था हुनुपर्छ तब मात्र बीमा क्षेत्र राम्रो बन्न सक्छ’ उनले भने, ‘बीमा बचतसँगै जोखिम बहन गर्ने माध्यम भएकाले सबैले बेलैमा बीमा गर्न आवश्यक छ ।’

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.