बिहीबार, असार १८,२०८३ 07:37:05
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:37:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बुलिस र वियरिस मार्केट कसरी छुट्याउने ? यसरी आँफै बनाउनुहोस् इन्ट्री र एक्जिटको योजना

Laxmi Sunrise Bank Limited
बुलिस र वियरिस मार्केट कसरी छुट्याउने ? यसरी आँफै बनाउनुहोस् इन्ट्री र एक्जिटको योजना

काठमाण्डौ । सेयर बजार सधैँ एउटा चक्रमा चलेको हुन्छ । जसअनुसार बजार कहिले बुलिस त कहिले बियरिस र कहिले साइडवेज चल्ने गर्छ ।  

संसारकै स्टक मार्केट, कमोडिटिज मार्केट, फरेक्स तथा क्रिप्टो मार्केट बुल, बियर र साइडवेजको चक्रमा चल्ने गर्छन् ।  

बुलिस मार्केट वा बढ्दो बजार  

बुलिस मार्केट भनेको बढ्दो बजारलाई बुझिन्छ । यसलाई साँढेको प्रतिकले संकेत गरिन्छ । सामान्यतयाः साँढेले हान्नुपर्यो भने टाउको तल लगेर सिङले माथि हान्ने प्रवृत्ति हुने हुनाले बुल मार्केटलाई साँढेको प्रतिकले संकेत गरिन्छ ।

सबैभन्दा पहिले सेयर बजारमा बुलको प्रतिक अमेरिकाको न्युयोर्कमा एक फ्रान्सेली व्यापारीले वाल स्ट्रिट स्टक मार्केट अगाडि राखेको सुन्न र पढ्न पाइन्छ ।  

New Office
CG Motors
Garima Development Bank

बुलिस मार्केट कसरी पत्ता लगाउने ?

सेयरमूल्य तथा बजार परिसूचकलाई ग्राफमा प्रस्तुत गरेर यस्तो ट्रेन्ड पत्ता लगाउन सकिन्छ । यसलाई डाउ थेउरीअनुसार हायर हाई र हायर लो पनि भनिन्छ । अर्थात् उच्चतम् र न्यूनतम विन्दु बनाउँदै तल–माथि गरेको सेयरमूल्य तथा परिसूचक जब अघिल्लो न्यूनतम विन्दुभन्दा पछिल्लो न्यूनतम विन्दु माथि तथा अघिल्लो उच्चतम विन्दुभन्दा पछिल्लो उच्च विन्दु माथि हुन्छ भने त्यसलाई बुलिस मार्केट भनिन्छ । जब बजारमा हायर लो कन्फरमेसन हुन्छ त्यस पछि बजारमा इन्ट्रीको रणनीति लिन सकिन्छ ।  

वियरिस मार्केट वा घट्दो बजार  

सामान्यतयाः घट्दो बजारलाई वियरिस मार्केट भनिन्छ । यसलाई सेयर बजारमा भालुको प्रतिकले संकेत गरिन्छ । भालु सधैँ तल हेरेर हिँड्ने भएकोले यसलाई वियरिस मार्केट वा घट्दो बजार भनेर चिनिन्छ । तर, एक–दुई दिनमात्रै घटेको बजारलाई वियरिस मार्केट भन्न मिल्दैन । जब बजारले लोअर लो र लोअर हाईका सिरिजहरु बनाँउदै जाँन्छ भने त्यसलाई वियरिस बजार भनिन्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ट्रेन्ड लाइनले देखाएको उतारचढावमा अघिल्लो न्यूनतम विन्दुभन्दा पछिल्लो न्यूनतम विन्दु तल तथा अघिल्लो उच्चतम विन्दुभन्दा पछिल्लो उच्चतम विन्दु तल बन्छ भने त्यसलाई वियर मार्केट भनेर बुझिन्छ । जब बजारले लोअर हाई कन्फरमेसन गर्छ त्यस पछि अल्पकालिन कारोबारी बजारबाट निस्कनु पर्छ । र त्यस पछि अर्को बजार इन्ट्रीको सिग्नल नमिल्दासम्म बजारमा पस्नु हुँदैन ।  

साइडवेज मार्केट  

माथिको प्रतिरोधलाई ब्रेक अप गर्न पनि नसकेको र तलको सपोर्टलाई पनि ब्रेक डाउन गर्न नसकेको बजारलाई साइडवेज मार्केट भनिन्छ । यस्तो अवस्थामा भोल्युम तथा कारोबार दुवै फ्ल्याट हुने गर्छ ।  

नेपालको सेयर बजारको अहिलेको अवस्था कस्तो ?

पछिल्लोपटक बजारले १९६० विन्दुबाट अप ट्रेन्ड लिएको देखिन्छ । त्यसपछि ३ हजारसम्म पुगेको बजार २४४० विन्दुमा सपोर्ट लिएर लगातार तीन साता बढेको छ । बजारलाई केही लामो समय अवधिमा नियाल्दा २०३२ को विन्दुमा पनि हायर लो बनाएर बजार माथि लागेको देखिन्छ । हाल माथिको यात्रा तय गरेको बजारले २५ सय विन्दुभन्दा माथि टिकुन्जेल अप ट्रेन्ड अर्थात बुलिस नै हो भन्न सकिन्छ । 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.