मंगलवार, असार ३,२०८२ 09:31:03
  • मंगलवार, असार ३,२०८२ 09:31:04
Global IME Bank Limited

बुलिस र वियरिस मार्केट कसरी छुट्याउने ? यसरी आँफै बनाउनुहोस् इन्ट्री र एक्जिटको योजना

Hyundai Nepal
बुलिस र वियरिस मार्केट कसरी छुट्याउने ? यसरी आँफै बनाउनुहोस् इन्ट्री र एक्जिटको योजना
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार सधैँ एउटा चक्रमा चलेको हुन्छ । जसअनुसार बजार कहिले बुलिस त कहिले बियरिस र कहिले साइडवेज चल्ने गर्छ ।  

संसारकै स्टक मार्केट, कमोडिटिज मार्केट, फरेक्स तथा क्रिप्टो मार्केट बुल, बियर र साइडवेजको चक्रमा चल्ने गर्छन् ।  

बुलिस मार्केट वा बढ्दो बजार  

बुलिस मार्केट भनेको बढ्दो बजारलाई बुझिन्छ । यसलाई साँढेको प्रतिकले संकेत गरिन्छ । सामान्यतयाः साँढेले हान्नुपर्यो भने टाउको तल लगेर सिङले माथि हान्ने प्रवृत्ति हुने हुनाले बुल मार्केटलाई साँढेको प्रतिकले संकेत गरिन्छ ।

सबैभन्दा पहिले सेयर बजारमा बुलको प्रतिक अमेरिकाको न्युयोर्कमा एक फ्रान्सेली व्यापारीले वाल स्ट्रिट स्टक मार्केट अगाडि राखेको सुन्न र पढ्न पाइन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बुलिस मार्केट कसरी पत्ता लगाउने ?

सेयरमूल्य तथा बजार परिसूचकलाई ग्राफमा प्रस्तुत गरेर यस्तो ट्रेन्ड पत्ता लगाउन सकिन्छ । यसलाई डाउ थेउरीअनुसार हायर हाई र हायर लो पनि भनिन्छ । अर्थात् उच्चतम् र न्यूनतम विन्दु बनाउँदै तल–माथि गरेको सेयरमूल्य तथा परिसूचक जब अघिल्लो न्यूनतम विन्दुभन्दा पछिल्लो न्यूनतम विन्दु माथि तथा अघिल्लो उच्चतम विन्दुभन्दा पछिल्लो उच्च विन्दु माथि हुन्छ भने त्यसलाई बुलिस मार्केट भनिन्छ । जब बजारमा हायर लो कन्फरमेसन हुन्छ त्यस पछि बजारमा इन्ट्रीको रणनीति लिन सकिन्छ ।  

वियरिस मार्केट वा घट्दो बजार  

सामान्यतयाः घट्दो बजारलाई वियरिस मार्केट भनिन्छ । यसलाई सेयर बजारमा भालुको प्रतिकले संकेत गरिन्छ । भालु सधैँ तल हेरेर हिँड्ने भएकोले यसलाई वियरिस मार्केट वा घट्दो बजार भनेर चिनिन्छ । तर, एक–दुई दिनमात्रै घटेको बजारलाई वियरिस मार्केट भन्न मिल्दैन । जब बजारले लोअर लो र लोअर हाईका सिरिजहरु बनाँउदै जाँन्छ भने त्यसलाई वियरिस बजार भनिन्छ ।  

ट्रेन्ड लाइनले देखाएको उतारचढावमा अघिल्लो न्यूनतम विन्दुभन्दा पछिल्लो न्यूनतम विन्दु तल तथा अघिल्लो उच्चतम विन्दुभन्दा पछिल्लो उच्चतम विन्दु तल बन्छ भने त्यसलाई वियर मार्केट भनेर बुझिन्छ । जब बजारले लोअर हाई कन्फरमेसन गर्छ त्यस पछि अल्पकालिन कारोबारी बजारबाट निस्कनु पर्छ । र त्यस पछि अर्को बजार इन्ट्रीको सिग्नल नमिल्दासम्म बजारमा पस्नु हुँदैन ।  

साइडवेज मार्केट  

माथिको प्रतिरोधलाई ब्रेक अप गर्न पनि नसकेको र तलको सपोर्टलाई पनि ब्रेक डाउन गर्न नसकेको बजारलाई साइडवेज मार्केट भनिन्छ । यस्तो अवस्थामा भोल्युम तथा कारोबार दुवै फ्ल्याट हुने गर्छ ।  

नेपालको सेयर बजारको अहिलेको अवस्था कस्तो ?

पछिल्लोपटक बजारले १९६० विन्दुबाट अप ट्रेन्ड लिएको देखिन्छ । त्यसपछि ३ हजारसम्म पुगेको बजार २४४० विन्दुमा सपोर्ट लिएर लगातार तीन साता बढेको छ । बजारलाई केही लामो समय अवधिमा नियाल्दा २०३२ को विन्दुमा पनि हायर लो बनाएर बजार माथि लागेको देखिन्छ । हाल माथिको यात्रा तय गरेको बजारले २५ सय विन्दुभन्दा माथि टिकुन्जेल अप ट्रेन्ड अर्थात बुलिस नै हो भन्न सकिन्छ । 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.