बिहीबार, असार १८,२०८३ 04:07:33
Bizshala
  • बिहीबार, असार १८,२०८३ 04:07:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलले ल्यायो ‘अफर फर सेल प्लेटफर्म’,संस्थापक सेयर खरिद बिक्री गर्न सहज हुने

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया क्यापिटलले ल्यायो ‘अफर फर सेल प्लेटफर्म’,संस्थापक सेयर खरिद बिक्री गर्न सहज हुने

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले संस्थापक सेयर खरिद बिक्रीको लागि ‘वान स्टप सोलुसन’ उपलब्ध गराउने मुख्य उद्देश्यका साथ ‘अफर फर सेल’ (ओएफएस) प्लेटफर्म सञ्चालनामा ल्याएको छ ।  

सूचिकृत कम्पनीहरुको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै नै कानूनी प्रकृया पुरा गर्नुपर्ने र सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको सेयर समेत कारोवर गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा कम्पनीले यो नयाँ प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।  

New Office
CG Motors
Garima Development Bank

जसअन्तर्गत क्यापिटलले संस्थापक समूहको सेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत ‘कमन प्लेटफर्म’बाट आफूले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपुर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्नेछ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानून अनुसार सेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउने छ ।

अफर फर सेल प्लेटफर्मका विशेषता  

सहज बिक्री प्रक्रिया

संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित सेयरधनीहरुले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण रितपुर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ ।

सहज खरिद प्रक्रिया

कुनै पनि कम्पनीको संस्थापक समूहको सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको सेयर खोजिदिने कार्य गर्ने छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुरक्षित र गोपनियता कायम रहने 

सम्बन्धित सेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर सेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनेछ ।  

सहज र सर्वसुलभः

सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउन सक्नेछन् ।

खरिद बिक्री मूल्य निर्धारण गर्नको लागि भ्यालुएसन रिपार्ट उपलब्ध गराइनेः

सम्बन्धित कम्पनीको भ्यालुएसन गरेर संस्थापक समूहको सेयरको खरिद÷बिक्री गर्नको लागि उचित प्रति सेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.