बुधबार, पुष १०,२०८१ 11:33:22
IME remit
  • बुधबार, पुष १०,२०८१ 11:33:22
IME remit
Global IME Bank Limited

आज बस्दैछ अरुण भ्याली हाईड्रोपावरको साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा

Hyundai Nepal
आज बस्दैछ अरुण भ्याली हाईड्रोपावरको साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको २७ औ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । सभा आज काठमाण्डौको गौशालमा रहेको होटल क्रिस्टल पशुपतीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको सेयर प्रिमियम, सञ्चितिबाट हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै बोनस सेयर पश्चात कम्पनीको जारी र चुक्तापूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने, लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तिय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गरि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृती लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु परेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने,  लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरूमा छलफल गरी पारित गर्ने र आव २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.