आईतवार, कार्तिक १,२०८३ 05:13:34
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 05:13:34
Bizshala
Global IME Bank Limited

अदालतद्वारा आईपीओ निष्कासनको विषयमा रिलायन्स स्पिनिङ मिल्सको पक्षमा फैसला, के होला अबको प्रक्रिया ?

Bizshala
अदालतद्वारा आईपीओ निष्कासनको विषयमा रिलायन्स स्पिनिङ मिल्सको पक्षमा फैसला, के होला अबको प्रक्रिया ?
New Office

काठमाण्डौ । उच्च अदालन पाटनले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध परेको निवेदन खारेज गरेको छ । निवेदकमध्येका एक हरि बहादुर केसीेले दिएको जानकारीअनुसार पाटनस्थित उच्च अदालतका २ जना न्यायधिसको इजलासले उक्त निवेदन खारेज गर्ने आदेश दिएको हो ।  

उक्त आदेशको पूर्णपाठ भने आईनसकेका कारण अगाडी के कस्तो प्रक्रिया चल्छ ? भन्ने अहिले नै केही भन्न नसकिने लगानीकर्ताहरुको तर्फबाट निवेदन दिने मध्येका एक केसीले जानकारी दिए । यस विषयमा लगानीकर्ताहरुको तर्फबाट हरि बहादुर केसी र खुसल राम धितालले निवेदन दिएका थिए । केसीले विगत १७ महिनादेखि सञ्चालन गर्दै आएको अभियानमा अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएता पनि पूँजीबजारमा केही सुधारका संकेत देखिएको प्रतिक्रिया दिए ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

रिलायन्स स्पिनिङ मिल्सले विभिन्न पक्षहरुसँगको मिलेमतोमा बुक बिल्डिंग विधिको चरम दुरुपयोग गरी प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले आईपीओ बिक्री गर्न लागेको भन्दै लगानीकर्ताहरुले आवज उठाएका थिए । असार २७ गतेदेखि विदेशमा कार्यरत नेपालीका लागि आईपीओ निष्कासनको मिति तोकिएको थियो ।  

तर त्यसअघि आईपीओ स्वीकृतिको प्रक्रिया, त्यसमा भएको चलखेल र पैसाको प्रभावलगायतका विषयमा चौतर्फी प्रश्न उठेपछि सार्वजनिक लेखा समिति अगाडी आएर यो प्रक्रिया रोक्न आदेश दिएको थियो भने लगानीकर्ताहरुले अदालत गएका थिए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

तत्कालिन समयमा संघीय संसदको सार्वजनकि लेखा समितिले ५ बुँदे प्रष्टिकरण सोधेपछि नेपाल धतिोपत्र बोर्डले रिलायन्स स्पनिङि मिल्सको जारी आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय भएको थियो ।

तत्कालिन धितोपत्र बोर्डको अध्यक्षको भूमिकामा रहेका नरेन्द्र रानामगरको कार्यकालमा यो विषय अगाडि बढाइएको थियो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.