बिहीबार, असार १८,२०८३ 07:59:16
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:59:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

Laxmi Sunrise Bank Limited
हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको कार्तिक २६ गते सोमबार बसेकोे २३५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।  

यसअघि वित्तीय संस्थामा अध्यक्षरहि सकेका उनले हिमालयन बैंक लिमिटेडबाट बैंकिङ सेवा शुरु गरी करीब ३२ वर्ष देखि बैंकिङ क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यसैगरी, यस वित्तीय संस्थाको संस्थापक सेयरधनी हिमालयन बैंक लिमिटेडको तर्फबाट सुवासनहर्ष बज्राचार्य र सरोज श्रेष्ठ समेत वित्तीय संस्थाको सञ्चालक नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष तथा सञ्चालकहरुको स्वागतका साथै निवर्तमान सञ्चालक सचिन नेवा र आँचल ढकाललाई धन्यवाद ज्ञापन गर्दै विदाई कार्यक्रम समेत गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरुमार्फत ७६ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु.९६ करोड बचत संकलन गरी करिब रु.४ अर्ब ३४ करोड लगानी गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.