शनिबार, श्रावण ३०,२०८३ 08:15:04
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:15:04
Bizshala
Global IME Bank Limited

‘इन्भर्टेड हेड एण्ड सोल्डर’ प्याटर्न बनाएको बजारमा अब कति–कतिमा छ प्रतिरोध ?

Prabhu Bank Limited
‘इन्भर्टेड हेड एण्ड सोल्डर’ प्याटर्न बनाएको बजारमा अब कति–कतिमा छ प्रतिरोध ?
New Office

काठमाण्डौ । पछिल्लोपटक २८ सय विन्दु तल प्रतिरोध सामना गरेको बजार लगातार २ दिन बढेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा ‘लंङ लेग्ड डोजी’ बनेको छ । यसमा तलको धागोले बजारमा क्रेता हाबी भएको बुझिन्छ भने माथिको धागोले अझै पनि बजारमा बिक्रेता हाबी भएको बुझिन्छ ।  

यो भनेको अनिर्णयको क्याण्डल पनि हो । यस हिसाबले यदि आगामी कारोबारमा आजको उचाइ २ हजार ७९३ विन्दुभन्दा माथि–माथि कारोबार भएमा बजारले अप ट्रेन्ड पनि लिन सक्छ । आजको न्यून विन्दु २ हजार ७५१ भन्दा तल झरेमा करेक्सनको यात्रा पनि लिन सक्छ ।  

CG Motors

बजारलाई बिभिन्न प्याटर्नहरुमार्फत नियाल्दा कार्तिक र मंसिर महिनामा इन्भर्टेड हेड एण्ड सोल्डर बनाएको देखिन्छ । यो भनेको सम्भावित रुपमा बजारले अप ट्रेण्ड लिंदै गरेको भन्ने पनि हो । यदि हाल बनेको यस प्याटर्न भ्यालिड बनेर बजार माथि लागेमा २ हजार ९ सय विन्दुसम्म बजारको टार्गेट हुन सक्छ ।

पिभट् मार्फत नियाल्दा आज २ हजार ७७५ विन्दुमा बन्द भएको बजारले पहिलो प्रतिरोध सामना गरेको २७९४, २८४० र २९०७ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, घटेमा भने क्रमश ः २७२७, २६८१ र २६१४ विन्दुमा सपोर्ट लिन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.