काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा आगामी पुस २५ आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग गाभ्ने/गाभिने वा एकिकरण गर्ने र यस कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८१ असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।
यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।