काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको)लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै म्यानेजर,असिस्टेन्ट म्यानेजर,सिनियर अफिसर,जुनियर अफिसर,सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि कर्मचारीका लागि दरखास्त आह्वान खुलाएको हो ।
कम्पनीले ५ जना म्यानेजर,१० जना असिस्टेन्ट म्यानेजर र अन्य पदका लागि केही संख्यामा दरखास्त आवेदन खुलाएको छ ।
म्यानेजर पदका लागि कम्तिमा स्नातक उत्र्तीण गरेको हुनु पर्नेछ भने बीमा तथा वित्त क्षेत्रमा ८–१० वर्ष काम गरेको अनुभव समेत हुनु पर्नेछ । यो पदका लागि स्नाकोत्तर गरेका लागि प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
यस्तै असिस्टेन्ट म्यानेजर पदका लागि स्नातक गरेको हुनुका साथै ६–८ वर्षको अनुभव हुुनु पर्नेछ । यस्तै सिनियर अफिसर,जुनियर अफिसर,सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि पनि स्नातक उत्र्तीण गरेको हुनु पर्नेछ ।
इच्छुक तथा योग्य आवेदकले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।