काठमाण्डौ । चालु आर्थिक वर्षको चार महिनासम्ममा साढे ३ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिसम्म विभिन्न कम्पनीको ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, चालु आवको चार महिनामा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । राष्ट्र बैंकका अनुसार सो अवधिसम्म ४७ करोड रुपैयाँ बराबरको एफपीओ गरी कात्तिक मसान्तसम्म कुल ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासनको लागि अनुमति दिएको छ । जसमा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र १ अर्ब ९० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी रहेको छ ।