मंगलवार, आश्विन २७,२०८३ 08:34:24
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:34:24
Bizshala
Global IME Bank Limited

सामान्य बढ्यो महङ्गी, खाद्य तथा पेय पदार्थको सर्वाधिक

Bizshala
सामान्य बढ्यो महङ्गी, खाद्य तथा पेय पदार्थको सर्वाधिक
New Office

काठमाण्डौ। मूल्यबृद्धि ०.२२ प्रतिशत बिन्दुले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको कात्तिक मसान्तसम्म ५.३८ प्रतिशतमा रहेको उपभोक्ता मुद्रास्फीति यस वर्षको कात्तिक मसान्तसम्म बढेर ५.६० प्रतिशत पुगेको छ ।  

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सबैभन्दा धेरै बढेको छ । राष्ट्र बैंकका अनुसार सो समूहको मुद्रास्फीति ३.१२ प्रतिशत बिन्दुले बढेको छ । गत वर्षको कात्तिम महिनासम्म ५.९८ प्रतिशत रहेको मुद्रास्फीति यस वर्षको कात्तिक महिनासम्ममा ९.१० प्रतिशत पुगेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । यो समूहको मूल्यबृद्धि भने गत वर्षको तुलनामा १.३४ प्रतिशत विन्दुले घटेको छ । गत वर्षको यसै अवधिसम्म यो समूहको मुद्रास्फीति ४.९९ प्रतिशत रहेको थियो ।  

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३३.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ प्रतिशत र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ भनेमरमसला उप–समूहको१.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५७ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.२४ प्रतिशतले बढेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X