काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा २.५ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँले बढेको हो ।
गत वर्षको सोही अवधिसम्ममा यस्तो कर्जा ९९ अर्ब ४० करोड रुपैयाँले बढेको थियो । अर्थात् गत वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा भने २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६।२ प्रतिशतले बढेको छ ।
समिक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.६ प्रतिशतले, विकास बैंकहरुको २ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।
त्यस्तै, कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को सुरक्षणमा १३.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६ प्रतिशत रहेको छ ।
२०८० कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो ।
चालु आवको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १.८ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.१ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.६ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने ०.९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १९.६ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २२.१ प्रतिशतले, हायर पर्चेज कर्जा २.१ प्रतिशतले, नगद प्रवाह कर्जा ०.६ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.७ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६.६ प्रतिशतले घटेको छ ।