काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । महाशाखाको वेबसाइट आज बिहान ह्याक भएको हो ।
ह्याक भएसँगै आम सर्वसाधारण लगायत मौसमसम्बन्धी जानकारी लिन असमर्थ भएका छन् ।
महाशाखाले वेबसाइटमार्फत मौसमको अवस्थाका बारेमा अपडेट गर्ने गरेको छ । पछिल्लो समय वेबसाइटबाट जारी हुने मौसम बुलेटिनलाई विश्वसनियताका साथ हेर्ने गरिएको छ । यहाँबाट प्रकाशित हुने धेरैजसो पूर्वानुमान मिल्न थालेसँगै यसको विश्वसनियता बढेको हो ।