डलरको भाउ आज पनि बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८३ रुपैयाँ र बिक्रीदर १३५.४३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.६३ रुपैयाँ र बिक्रीदर १३५.२३ रुपैयाँ कायम थियो ।

