माछापुच्छ्रे बैंक ‘कर्पोरेट सुपर सिक्सेस सिजन–७’ को च्याम्पियन
काठमाण्डौ । माछापुच्छ्रे बैंक ‘नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७’ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो ।

