काठमाण्डौ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई कायममुकायम (कामु)गभर्नरको जिम्मेवारी दिइएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएका हुन् ।
पौडेल मंगलबार एक कार्यक्रममा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् । वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना हाल बंगलादेश भ्रमणमा रहेकाले स्वदेश फिर्ता नहुन्जेलसम्मका लागि मिश्रलाई उक्त जिम्मेवारी दिइएको हो ।
स्विट्जरल्याण्डको भ्रमणपश्चात गभर्नर पौडेल असार १९ गते स्वदेश फिर्ता हुनेछन् ।