युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद निष्कासन गर्ने
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्नपीले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । जस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २३ करोड १० लाख रुपैयाँ बराबरको २३ लाख १० हजार...

