काठमाण्डौ । बिहिबार सेयरबजारमा ३ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ कम्पनीबाट उच्च खरिद माग भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा श्रीहरि सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र एबीसी सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ४७ करोड ३५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.१३ प्रतिशत सेयर खरिद भएको छ भने ४८.८७ प्रतिशत सेयर बिक्री भएको छ ।


